एस पी रेग्मी
झापा ।
भन्न त बाबुरामले म कम्युनिस्ट होइन भनेर घोसणा नै गरे। तर उनले गरेको संघर्ष हेर्दा अपत्यारिलो मान्थे मानिसहरु। कति कति बेला उनले देखाउने ब्यवहार हेर्दा बच्चाले घुर्की लाएको जस्तो सहजै जो कोहिले अनुमान लगाउन सक्छ। बेला बेला अवसर पाउने छनक देख्दा प्रचण्डलाई उनी नायक भन्न पछि पर्दैनन भने अवसर नपाउने छनक पाउँदा सन्सारकै ठूलो अपराधी बनाएर कठघरामा उभ्याउने कोसिस पनि गर्छन। नेपाली राजनैतिक आकासमा गोर्खा सुम्पेको र प्रचण्डलाई भस्ट्रचारका आरोप हरु तेर्साउदै अन्तिममा माफी मागेको घटना धेरै पहिलेका होइनन।
यतिबेला केटाकेटी पारामा हेर्नुस त को मोटायो ? भन्दै जुकबर द्वारा संचालित अनुहार पुस्तिकामा प्रचण्डको फोटो राखेर बजारमा बेच्दै गरेको देख्दा हासो पनि लाग्यो। म मात्रै होइन दुनियाँ पनि हास्यो होला। प्रधानमन्त्री हैसियत समालिसकेको ब्याक्तित्व को हर्कत हेर्दा बच्चाले उखु खान्छु भनेर टुक्राटुक्रा पार्न लागाएर फेरि पहिले जस्तै बनादिए भनेको कथा सम्झे मैले। हिजो छोरिको राजनैतिक भबिस्यको बार्गेनिङ मा अवसर देख्दा तिनै प्रचण्ड नायक हुन्थ्यो। आज होला विभिन्न कारण बस प्रचण्ड ले अवसर दिन सकेनन होला। आज उनी बाबुराम को नजरमा खलनायक बन्दैछन। हामिले देखेको बाबुराम यत्ति चाडै कसरी यस्तो गैर जिम्मेवार र झुम्राको पुतलिमा परिणत भए ? के हिजोको बाबुराम नै हुन त आज संजाल मा छरपस्ट भएको बाबुराम ? कतै बाबुरामकै कारण नया शक्ति दसकौ हुदा पनि बामे नसर्दै पछारिने छारे रोग लागेको त होइन ? उनी कति सफल भए त ?
प्रचण्ड सग छोडेर नयासक्तिको खोजिमा निक्लिएका बाबुराम ? यावत प्रस्नहरु कुनै दिन समयले खोज्ला नै तर आम भुइमान्छेको भबिस्यलाइ दोबाटोमा अलपत्र छोडेर भागेका बाबुराम लाई एकदिन भुइमान्छेहरुले उत्तर पनि खोज्नेछन। हेक्का रहोस डा. साप। समय एकनास हुदैन। प्रचण्ड लाई खाने बाघ ले तपाइलाइ छोड्छ जस्तो लाग्दैन। आज म कम्युनिस्ट नै होइन भनेर दस कोष भाग्न खोजे पनि र हात खुट्टा नै लम्पसार परेर शरण परेपनी इतिहास ले कुनै दिन पुजिबादको कठघरामा उभ्याउने छ। अन्त्यमा ,यो बेला प्रचण्डको तस्बिर बेचेर सन्तानको भबिस्य खोज्नु भन्दा उपयुक्त बिकल्प जसरी चिनमा माओत्सेतुङ को जनमुक्ति सेना तत्कालिन चीन को रास्टृय सेनासग मिलेर जापानीज सेनाको बाहिरी हस्तक्षेप लाई निस्तेज पारेका थिए त्यही भुमिकामा बाबुराम हुनुपर्ने थियो तर अब हिजोको बाबुराम बाबुराम रहेन। आज देखि साच्चिकै अवसरबादको मुहान सम्झनेछन जनताले। जनताको आसा भरोसा लाई बाटैमा बिक्रि गरेर फरार अपराधी भनेर बाबुराम लाई जनताले आफ्नो मुहार पुस्तिकामा लेख्ने कि नलेख्ने स्वयं फैसला गर्नु होला।








