तेह्रथुम—
४६ वर्षीया आमाको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले २३ वर्षीय छोरालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लालिगुराँस नगरपालिका–८ सोल्मा तेजेन्द्र चोकका २३ वर्षीय दीपक नेपाली छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। दीपकले खुकुरी प्रहार गर्दा आमा तिलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








