• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चपस कास्कीको स्थापना दिवसमा खोलियो रिभ्यू बक्स


  •    अभियान हाम्रो डट कम / सोमबार, असार २४, २०८१  

  • पोखरा ।

    चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ ।

    विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था र आगामी स्वरुपका विषयमा चर्चा गरिएको छ । संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले चलचित्र पत्रकार संघ नेपाल कास्कीको क्रियाशिलता प्रशंसनिय रहेको उल्लेख गरे । २०६० साल असार २२ गते आफ्नो नेतृत्वमा संघको स्थापना गर्दा चलचित्र पत्रकारिता पोखरामा नगन्य भएको र हाल आएर यसले विस्तार रुप लिँदै आएको बताए ।

    पोखराबाट प्रकाशित हुने पत्रिकामा मनोरञ्जन बीटलाई स्थान नदिनुु दुखद भएको भनाई उनको छ । निवर्तमान अध्यक्ष अरुण गिरीले अन्य बीटमा लेख्ने पत्रकारले चलचित्रमा पनि कलम चलाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सिनेमा मार्फत विभिन्न मुद्धाहरुको उठान हुुने भएकाले विषयगत रिर्पोटिङ सिनेमा मार्फत पनि गर्न सकिने भनाई उनको छ ।

    संघका सल्लाहकार सुरेश रानाभाटले चलचित्र पत्रकार संघ नेपाल कास्कीले आफ्नो आयतन बढाउँदै लैजानुपर्ने बताए । संघले अहिलेसम्म गरेका कामहरु उदाहरणीय रहेको र अब दस्तावेजलाई पनि ख्याल गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरे । पोखराको प्राकृतिक सौन्दर्यता र पर्यटनलाई जोडेर सिनेमा माध्यम प्रचारप्रसार गर्न सकिने भनाई उनको छ ।

    संघका अध्यक्ष प्रभु अधिकारीले कास्कीको चलचित्र पत्रकारितालाई बढ्वा दिँदै जाने उल्लेख गरे । सबैका सुझावलाई आत्मसात गर्दै संघको आगामी कार्यक्रम तय हुने भनाई उनको छ । चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणमा फरकपन आएको बताउँदै समयसापेक्ष कार्यक्रम गर्ने उनले बताए ।

    कार्यक्रममा संघका संस्थापक सदस्य विष्णुु सापकोटा, सागरराज तिमिल्सिना, विभु भुसाल, पूर्वसहसचिव विजय नेपाल, नेपाल प्रेस युनियन कास्कीका सचिव धनबहादुर गुरुङ (सुमन) ले शुुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष अर्पण तिवारीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.