बागमती प्रदेशको वन तथा वातावरणमन्त्री विशाल खड्काले विश्वव्यपी रुपमा थाहाको दर्शनलाई व्यवहारमा अनुशरण गर्नुपर्ने बताएका छन् । रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औ वार्षिकोत्सवका अवसरमा आयोजित पर्यावरण प्रवद्र्वनको लागि साइकल ¥याली कार्यक्रममा बोल्दै मन्त्री खड््काले रुपचन्द्र विष्टको थाहा दर्शनलाई विश्व्यापी रुपमा अनुशरण गर्नुपर्ने बताएका हुन् । पर्यावरणको विषय हरेक नागरिकको जीवनसँग जोडिएको भन्दै उनले सो विषयलाई रेडियोले अगुवाई गरेकोमा धन्यवाद दिए । पछिल्लो समय वातावरण तथा पर्यावरण बिग्रदै आएको भन्दै यसलाई सफा र सुरक्षित गर्न सबै तहबाट एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ । खड्काले हरेक राजनीतिक दलले पर्यावरणलाई आफ्नो मुद्वा बनाउनुपर्नेमा समेत जोड दिए । निष्पक्ष रुपमा जनताको आवाज प्र्रवाह गर्दै आएको रेडियो थाहासञ्चारले सामाजिक उत्तरदायित्वको रुपमा पर्यावरणको लागि साईकल ¥याली गरेकोमा खुशी व्यक्त गर्दै उनले रेडियोको वार्षिकोत्सवको शुभकामना समेत दिए । त्यस्तैगरि कार्यक्रमको विशिष्ट अतिथि वन तथा वातावरण मन्त्रलायको सचिव यज्ञनाथ दाहालले सामादुयिक वन महासंघले उठाएको तेहोरो करको समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए ।
वन ऐनले लिएको बनाएको नियमलाई तर्जुमा गर्न आवश्यक कार्यहरु अन्तिम चरणमा पुगिसकेको उनले जानकारी दिए । कार्यक्रमको सभापति रेडियोको प्रबन्धक अरुणराज सुमार्गीले नेपालमा पर्यावरणको बारेमा तीनै तहको सरकारसँग सममन्वय गरेर प्रवद्र्वन गर्न आवश्यक रहेको बताए । निष्पक्ष र एकरुपता रहनु रेडियोको विशेषता रहेको र सोहि अनुसार काम गरिरहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपाकिा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँई,गढी गाउपालिका–२ का वडा अध्यक्ष बखानसिंह पाख्रिन,राईडर्स क्लवको अध्यक्ष विकास ताम्राकार,सस्ंथापक अध्यक्ष दिपेन्द्र चन्द ठकुरी,नेपाल पत्रकार महांसंघ बाग्मति प्रदेशको उपाध्यक्ष रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडा १४ वर्ष पुरा गरि १५ औ वर्षमा प्रवेश गरेको उपलक्ष्क्ष्यमा आयोजना भएको साताव्यापी कार्यक्रमको पहलिो दिन आज पर्यावरण प्रवद्र्वनको लागि साइकल ¥याली भएको हो ।
हेटौंडा–४ अजरअमर रोड स्थित रेडियो परिसरबाट सुरु भएको साइकल र्याली मकवानपुरगढी–२ शिखरकटेरीमा पुगेर कार्यक्रममा परिणत भएको थियो वार्षिकोत्सवको दोस्रो दिन भोली बृहत रक्तदान कार्यक्रम हुनेछ । कार्यक्रमको तेस्रो तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ । ४ गते दग्ुध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुने गौत्तमले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँई ,मन्त्रालयको सचिव,किसान तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहनेछ । ५ गते सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को भन्ने विषयमा मावी स्तरीय वक्तृत्वकला कार्यक्रम हुनेछ । त्यस्तैगरि ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने रेडियोको स्टेशन म्यानेर मणिराज गौत्तमको भनाई छ ।