• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न


  •    अभियान हाम्रो डट कम/ शनिबार, असार १५, २०८१  

  • पोखरा असार १५

    पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।

    शनिवार भएको कार्यक्रममा १ महिने उद्घोषण तथा भाषणकला तालिम लिईएका ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण तथा तालिम पश्चातको अनुभव आदन प्रदान गरिएको हो ।
    कार्यक्रममा बोल्दै तालिमा प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले २०७७ सालमा स्थापना भएको सस्थाले शुरुमा निकै चुनौतिको सामना गरे पनि अहिले सहज रुपमा सहभागिहरु सिक्नको लागि आउने गरेको बताउनुभयो ।उहाँले तालिम लिनको लागि सबै उमेर समुहको सहभागिता हुने गरेको उल्लेख गर्नुभयो । उहाँले तालिम दिनको लागि मात्रै नभई ब्यबाहारिक रुपमा समेत पुर्णरुपमा उपयोगि हुने खालको भएको जनाउनुभयो । सञ्चालक पाहारीले तालिममा बढि भन्दा बढि प्रयोगात्मक अभ्यासमा जोड दिइने उल्लेख गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाली लोक संस्कृतिमा बिद्याबारिधी गर्नुभएका मोटिभेसनल स्पिकर,अनुसन्धान कर्ता डा. तुलसीराम खनालले कुनै पनि कुरा सिक्नको लागि तत्परता हुनुपर्ने बताउनुभयो । उहाँले सिक्ने ब्यक्तिमा अध्ययनहुुनुपर्ने बताउदै तालिममा सिकेको कुरालाई ब्यबाहारमा ल्याउन आग्रह गर्नुभयो । डा.खनालले बोल्नेकला सम्बन्धी केहि टिप्स समेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश प्रमुख शिब खकुरेलले तालिमले ज्ञान,सिप र धारणमा परिर्वतन ल्याउने बताउनुभयो । तालिममा सिकेको कुरालाई निरन्तरता दिन उहाँको आग्रह थियो ।

    यस्तै कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट कृष्णचन्द्र न्यौपाने,बसन्त शर्मा,रुपेश जैसवाल,बिबा सिहं,अनिल सुवेदीले सिकाई अनुभवको बारेमा बोल्नुभएको थियो ।
    कार्यक्रममा शिक्षासेवी नारायणी कुँवर,इन्फर म्याटिक्स इन्टिच्युटका प्रबन्धक निर्देशक प्रदिप थापा,पत्रकार सबिन रेग्मी लगाएतले उद्घोषण तथा भाषणकला तालिमको महत्वको बारेमा बोल्नुभएको थियो । फ्रीडम ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी अनिल सुवेदीले गर्नुभएको थियो ।

             सविन रेग्मी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.