रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा यात्रुबहा बस दुर्घटना भएको छ ।
शुक्रवार आज बिहान गैरी हुँदै मन्थली तर्फ आउँदै गरेको बा ५ ख ५६२४ अरनिको यात्रुवाहक बस लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लाम पानीमा चिप्लिएर सडकबाट खस्दा चालक, सहचालक सहित ९ जना घाइते भएका हुन् । घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । घाइतेहरूको उद्धार गरी सदरमुकाम मन्थली स्थित मन्थली अस्पताल लगायतका अस्पतालमा पठाइएको स्थानीयहरूले बताएका छन् ।
उक्त सडकबाट खसेको बस खर पाखामा रुखहरुमा अड्किएको स्थानीयबासिले बताएका छन् । दुर्घटना बारे थप जनाकारी भने आउन बाकी नै छ ।








