• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पुरुष हक्की को उपाधी नेपाल आर्मी क्लब


  •    अजय क्षेत्री / बुधबार, असार १२, २०८१  

  • पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप’मा विभागिय टोली नेपाल आर्मी क्लब च्याम्पियन भएको छ ।

    पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै च्याम्पियन भएको हो । च्याम्पियन भए संगै आर्मीले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्दा उपविजेता पुलिस क्लबले नगद ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

    खेलमा आर्मीका लागि प्रदिप राजंवंशीले ४ गोल गरे भने दिपेन्द्र ऐरले १ गोल गरे । पुलिसका लागि रोमन रानाले १ गोल गरेका थिए । फाइनल खेलमा आर्मीका मनोज चौधरी प्लेयर अफ दि म्याच बने ।

    तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ७–१ ले पराजित गरेको छ । गण्डकीका लागि प्लेयर अफ दि म्याच समेत रहेका अशिम बाहेकले ३ गोल गर्दा प्रेम विकले २, कुशल नेपाली र पवन परियारले समान १–१ गोल गरे । कर्णालीका लागि एक मात्र सान्त्वना गोल जिवन रावतले गरे । तेस्रो स्थान प्राप्त गरेको गण्डकीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद १५ हजार प्राप्त गरेको छ ।

    यहि असार १० गतेबाट सञ्चालन भएको खेलमा नेपाल आर्मीका दिपेन्द्र ऐर प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् । त्यस्तै अन्य विद्यागततर्फ सबै उपाधि आर्मीका खेलाडीहरुले हात पारेका छन् । वेष्ट स्कोररमा प्रदिप राजवंशी, वेष्ट डिफेन्डर रोशन चौधरीले हात पारे भने इमर्जिङ प्लेयरको ट्रफी कर्णाली प्रदेशका शुसान्त रोकायले प्राप्त गरेका छन् । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे ।

    बिजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन ,गण्डकी प्रदेश हल्की संघका अध्यक्ष दिपक बहादुर थापा लगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा सम्पन्न प्रतियोगिता दुई विभागिय टोली र विभिन्न ६ प्रदेशका गरी ८ टिमको सहभागिता रहेको संघकी महासचिब सुवर्ण श्रेष्ठले जानकारी दिइन्
    समापन कार्यक्रम संघका अध्यक्ष अनिल शर्माको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.