• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, जेठ १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा विभागीय टोली हावी


  •    अजय क्षेत्री / मङ्गलबार, असार ११, २०८१  

  • @पोखरा, ११ असार

    पोखरामा सोमवारदेखि शुरु भएको पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिप अन्तरगत मंगवारका खेलमा विभागीय टोली हावी भएका छन् ।
    पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिताका खेलहरुमा विभागीय डर्बीको नेपाली सेनाले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्यो । नेपाली सेनाका लागि दीपेन्द्र अयर प्रदीप राजवंशी, राजेन्द्र कार्कीले गोल गरेका थिए । सो खेलमा नेपाली सेनाका रोशन चौधरी प्लेयर अफ द म्याच भए ।

    यसैगरी अर्को खेलमा नेपाल प्रहरीले कोशी प्रदेशलाई ४–१ गोल अन्तरले पराजित गर्यो । पुलिसका लाग महेश धामी, सागर आचार्य, रोमन राणा र सुरज बोहोराले गोल गरेका थिए । कोशी प्रदेशको तर्फबाट रिसब चौधरीले एक मात्रै गोलले अग्रता दिलाएका थिए । सो खेलमा नेपाल प्रहरीका महेश धामी प्लेयर अफ द म्याच बने ।

    यसैगरी अर्को खेलमा कर्णाली प्रदेशले वागमती प्रदेशलाई २–० गोेल अन्तरले पराजित गरेको छ । कर्णालीका लागि दुवै गोल जीवन रावतले गरेका थिए । खेलमा रावत नै प्लेयर अफ द म्याच घोषित भए ।

    अर्को खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेश विरुद्ध फराकिलो जीत हात पारेको छ । गण्डकीले लुम्बिनीलाई १०–० गोल अन्तरले पराजित गरेको हो । गण्डकीका लागि असिम बहेकले ३ गोल गरेका थिए । यसैगरी पवन परियार, कुशल नेपाली, प्रेम बिके तथा मोहन पुनले गण्डकीलाई सहज जित दिलाएका थिए ।सो खेलमा गण्डकीका कुशल नेपाली प्लेयर अफ दि म्याच भए ।

    सोही प्रतियोगिता अन्तरगत भएको अर्को खेलमा पनि कर्णाली प्रदेश विजयी बनेको छ । कर्णालीले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको हो । कर्णालीको लागि उज्जवल राजत र जीवन रावतले गोल गरेका थिए भने, उज्जवल रावत प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

    मंगलवार नै भएको अर्को खेलमा नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ८–१ गोल अन्तरले पराजित गरेको छ । नेपाल प्रहरीका लागि रोमन राना, सागर आचार्य, महेश धामी, सुरेश जोशीले गोल गरेका थिए भने, लुम्बिनीका लागि अदनाल अन्सारीले एकमात्र गोल गरेका थिए ।

    नेपाल हक्की संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा भएको प्रतियोगितामा विभागीय दुई नेपाली सेना र नेपाल प्रहरी तथा छ वटा प्रदेशका टीमको सहभागिता रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश हक्की संघले व्यवस्थापनको पाटो हेरिरहेको छ ।

    प्रतियोगिताको विजेताले ५० हजार नगद, उप विजेताले ३० हजार र तेस्रो हुने टीमले १५ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलाडीले विभिन्न ७ वटा विधामा ५÷५ हजार नगद पुरस्कार व्यक्तिगत रुपमा प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिताका विजेता तथा उपविजेता टीमलाई बुधवारको फाईनल पछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.