११ असार, काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ केही घटेको छ। राष्ट्र बैंकले यस दिनका लागि डलरको बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा र खरिददर १३३ रुपैयाँ २४ पैसा तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा १२ पैसा कम हो।
साथै, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा तोकिएको छ। कतारी रियालको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा तोकिएको छ।
यूएई दिरामको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४४ पैसा तोकिएको छ। रियाल र दिरामको भाउ अघिल्लो दिनको तुलनामा ३ पैसा घटेको हो।
मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रीदर २८ रुपैयाँ ४१ पैसा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा २ पैसा घटेको हो।







