• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीद्वरा प्रदेश स्तरीय हक्की प्रतियोगिताको उपाधी रक्षा


  •    अजय क्षेत्री / शनिबार, असार ०८, २०८१  

  • पोखरा, ८ असार

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिन सम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो ।

    गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङ्ले १५ हजार र सह विजेता स्याङजाले १० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्पसका चिकित्सक मेजर डाक्टर आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पुर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य क्या. राजु थापा, सु. धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतम, लगायतले पुरस्कार वितरण गरेका थिए ।
    गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले १० औं राष्ट्रिय खेलकुदको पुर्व तयारी स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको बताएका थिए ।

    आयोजकका अनुसार यो प्रतियोगितामा सहभागि सबै जिल्लाका उत्कृष्ट खेलाडी छनौट गरेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टीम निर्माण गरिनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.