• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता


  •    अभियान हाम्रो डट कम / शनिबार, असार ०८, २०८१  

  • पोखरा, असार

    नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।

    विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुङ द्वितिय र अनिस गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे ।

    प्रतियोगिता संयोजक अधिकारीका अनुुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम, अनिस गुरुङ द्वितिय र सुमित गुरुङ तृतिय भए । स्केट बिएमएक्स साइकल प्रतियोगितामा निशान राना प्रथम र सुरज विक द्वितिय बने । उनीहरुसँगै प्रतियोगितामा कम उमेरका सहभागी श्रवण कोइरालालाई मेडल र प्रमाणपत्र प्रदान गरिएको संयोजक अधिकारीले जानकारी दिए । प्रतियोगितामा १३ जना खेलाडीले सहभागिता जनाएका थिए ।

    विजेता खेलाडीहरुलाई पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई, नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, बरिष्ठ उपाध्यक्ष सुनिल क्षेत्री, उपाध्यक्ष विश्वराज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । पर्यटन व्यावसायी तथा पूर्व बक्सिङ खेलाडी भट्टराईले खेलकुद सहरको गहना भएको बताए । ‘खेलकुद सहरको गहना हो । जुन सिटीमा खेलकुद हुन्छ भने त्यो समृद्ध सिटी हो,’ उनले भने, ‘अनि विश्वमा नेपाल चिनाएको एउटा हिमालले हो अर्को भनेको खेलकुदले नै हो ।’ खेल क्षेत्रले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने उनले सुनाए ।

    नेपाल स्केट बोर्ड संघका अध्यक्ष रामचन्द्र कोइराला, कार्यक्रम संयोजक तारानाथ अधिकारी, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव सुनबहादुर लामालगायतले स्केटबोर्ड खेल विकासका लागि सरकारले लगानी थप्नुपर्नेमा जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.