• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रौतहटमा भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका जैसवाल पक्राउ


  •    संवाददाता अल्चना श्रेष्ठ/ मङ्गलबार, असार ०४, २०८१  

  • रौतहट— भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका एक भारतीय नागरिकलाई लुटपाटको आरोपमा रौतहट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहार राज्य मोतिहारी जिल्ला, पूर्वी चम्पारण थाना घोडासहन ग्राम पञ्चायत बसवरिया वडा २ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।

    गत जेठ २२ गते बिहान साढे १० बजे मौलापुर नगरपालिका ६ पथरा बुधराम स्थित सडक खण्डमा माँ बचत तथा ऋण सहकारी संस्थामा काम गर्ने बौधिमाई—८ का २४ वर्षीय अरबिन्द कुमार दासले १७ लाख रुपैयाँ झोलामा राखी राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न भारतीय नम्बरको मोटरसाइकलमा मौलापुर तर्फ जाँदै थिए। सोही क्रममा ३ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटपाट गर्ने उद्देश्यले दासलाई पछाडिबाट गोली हानी फरार भएका थिए।

    प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न अभियुक्तहरू सीमावर्ती भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडासहनमा सक्रिय बाबा ग्याङ नामक आपराधिक समूहसँग साँठगाँठ रहेको निष्कर्ष निकालेको थियो। यी व्यक्ति भारत र नेपालको सीमावर्ती इलाकामा लुटपाट र भारतीय सामानको तस्करीमा सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    गत २ गते साँझ साढे ५ बजे मौलापुर ७ स्थितबाट घरेलु कटुवा पेस्तोल १ थान, गोली २ राउन्डसहित भारतीय नागरिक जैसवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जैसवालमाथि हातहतियार तथा खरखजना, चोरी तथा डाँका र ज्यान मार्ने उद्योग मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

    जैसवाल भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका छन्। मोतिहारी जिल्लाका एसपी कान्तेश कुमार मिश्रका अनुसार, जैसवालमाथि घोडासहन र झरौखर थानामा एक दर्जन भन्दा बढी आपराधिक मुद्दाहरू दर्ता छन्। उनिमाथि अवैध हतियार कारोबार, लुटपाट, अपहरण, र अवैध मदिरा ओसारपसार जस्ता मुद्दा रहेका छन्।

    गत मार्च महिनामा जैसवालले अन्य केही साथीहरूसँग मिलेर भारतीय सीमा सुरक्षा बल जमुनिया क्याम्पका एक जवानमाथि आक्रमण गरेका थिए। उक्त घटनामा संलग्न अन्य अभियुक्त पक्राउ परे पनि मुख्य योजनाकार जैसवाल नेपालतर्फ भागेर जोगिएका थिए। जैसवाल केही समय अघि जेल जीवनसमेत बिताइसकेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.