• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, कार्तिक २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कुन प्रदेशको कर नीति कस्तो ?


  •    संवाददाता अल्चना श्रेष्ठ/ आइतबार, असार ०२, २०८१  

  • काठमाडौं । सबै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेशसभामा प्रस्तुत गरिसकेका छन्। प्रदेशहरूले विनियोजन विधेयक तथा आर्थिक विधेयकमार्फत करका विभिन्न सहुलियत तथा नयाँ व्यवस्था ल्याएका छन्। यहाँ प्रदेशहरूको कर नीतिबारे समीक्षा गरिएको छ।

    कोशी प्रदेश: निजी सवारीसाधन धनीले पाँच वर्षसम्मको सवारीसाधन कर एकमुष्ठ बुझाएर नवीकरण गर्न सक्नेछन्। अन्य प्रदेशबाट कोशी प्रदेशमा दर्ता भएका सवारीसाधनलाई लाग्ने करमा ५० प्रतिशत छुट निरन्तरता दिइएको छ। सिमेन्ट, इँटा, कङ्क्रिट ब्लक, र नदीजन्य पदार्थ प्रशोधन उद्योगमा वातावरण तथा औद्योगीकरण व्यवस्थापन दस्तुर लगाइएको छ। मनोरञ्जन कर एकमुष्ठ बुझाउँदा ब्याज छुटको व्यवस्था गरिएको छ।

    मधेश प्रदेश: मधेश प्रदेशले राजस्व प्रशासन सुदृढीकरण गरी कर तथा गैरकर चुहावट न्यूनीकरण गर्ने व्यवस्था मिलाउने जनाएको छ। राजस्व अभिवृद्धिका लागि गरिएको अध्ययन अनुसन्धान प्रतिवेदनको सुझावलाई प्राथमिकता दिँदै क्रमशः कार्यान्वयन गरिने बताइएको छ।

    बागमती प्रदेश: बागमती प्रदेशले २० वर्षभन्दा बढी पुराना सवारीसाधन दर्ता खारेज गराउन चाहनेलाई जरिवानामा ८० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। सांस्कृतिक प्रदर्शन हल, कन्सर्ट, नाइट क्लब, फुटसल, स्वीमिङ पुललगायत मनोरञ्जन स्थलका कर दर परिमार्जन गरिएको छ। व्यवसायिक फर्म दर्ता नगरेका उद्योगलाई जरिवाना मिनाहा गरी नवीकरण दस्तुरमा ५० प्रतिशत छुट दिइनेछ।

    गण्डकी प्रदेश: गण्डकी प्रदेशले भूमि सुधार/मालपोत कार्यालयबाट लाग्ने लिखत शुल्क समायोजन गरेको छ। सार्वजनिक बस, मिनिबस, माइक्रोबसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट दिने र त्यस्ता सवारीसाधन धनीलाई सवारीसाधन करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरेको छ। राजस्व परिचालनका लागि प्रदेश राजस्व व्यवस्थापन कार्यालय स्थापना गर्ने तयारी पनि गरिएको छ।

    लुम्बिनी प्रदेश: लुम्बिनी प्रदेशले कृषि आयमा लाग्ने करका दर घटाएको छ। सवारीसाधन दण्ड जरिवानाबापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था ल्याएको छ। निजी तथा साझेदारी व्यवसायलाई विवरण बुझाउँदा लाग्ने शुल्कमा छुट दिने व्यवस्था पनि गरिएको छ।

    कर्णाली प्रदेश: कर्णाली प्रदेशले आन्तरिक स्रोत परिचालनको सम्भाव्यता अध्ययन गरी सुझाव दिने कार्यदल गठन गर्ने योजना बनाएको छ। कृषि प्रयोजनका लागि चक्लाबन्दी गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। सवारीसाधन कर बुझाउन छुट भएका सवारीसाधन धनीले २०८१ चैत्र मसान्तसम्म दाखिला गरेमा जरिवाना रकम छुट हुनेछ।

    सुदूरपश्चिम प्रदेश: सुदूरपश्चिमले घरजग्गा रजिष्ट्रेसनतर्फको सेवा शुल्क बढाएको छ। टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा कर लगाउने र सङ्कलित करको बाँडफाँट गर्ने व्यवस्था गरेको छ। सवारीसाधन कर, दस्तुर, र शुल्कमा केही संशोधन गरिएको छ। नवीकरण नगरेका सवारीसाधनलाई ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.