• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भरतपोखरीको  प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल संचालन गर्न आग्रह


  •    राम्जी प्रसाद लम्साल / आइतबार, असार ०२, २०८१  

  • असार २ ,पोखरा

    लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लैगिक हिंसा प्रभाबितहरूको लागि अल्पकालिन आवास गृह एबम प्रादेशिक  पुनर्स्थापना केन्द्र तत्काल  संचालन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। पोखरा महानगरपालिका वडा न ३३ भरतपोखरीको आमा चौरमा प्रदेश सरकारको लगानिमा भवन निर्माण सम्पन्न भए पनि केन्द्र  संचालनमा आउन नसकेको प्रती समितिको गम्भीर ध्यानाकर्षण भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेललेजिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलले बताउनुभयो।
    प्रमुख पौडेलले आफ्नो कार्यकाल शुरु हुँदा देखि  पटक पटक  गण्डकी प्रदेश सरकारलाई ध्यानाकर्षण गराउदा समेत संचालनको प्रक्रिया अघि बढ्न नसकेको भन्दै बिगतका दुई आर्थिक बर्षमा केन्द्र संचालनका लागि भनेर बिनियोजित रकम फ्रीज हुनु दुखद भएको उल्लेख गर्नुभयो।

    बिकासका काममा देखिएका विभिन्न मतभेदको अन्त्य गर्न तदारुकता देखाउन नसक्नु चरम लापर्बाही भएको भन्दै राज्यको  लगानी र सम्पति  दुरुपयोग हुने काम तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो।

    त्यसै गरि बैठकले आगामी आर्थिक बर्षमा एकद्वार संकट ब्यबस्थापन केन्द्रबाट सेवा लिएका सहित लैगिक हिंसा प्रभाबितहरूको लागि सबै स्थानिय तहले बजेट बिनियोजन गर्ने, अल्पकालिन आवास एबम पुनर्स्थापना केन्द्र स्थापना गर्ने निर्णय गरिएको प्रमुख पौडेलले जानकारी दिनु भयो।

    बैठकले स्थानिय तहले हिंसा प्रभावितहरूको लागि स्वास्थ्य  बिमा कार्यक्रम संचालन र सुचारू गर्ने ,स्थानिय तह र एकद्वार संकट ब्यबस्थापन केन्द्र बिच समन्वय र सहकार्यलाइ थप बलियो बनाउने निर्णय गरेको कास्कीका जिल्ला समन्वय अधिकारी नवराज वरालले बताउनुभयो। माछापुच्छ्रे गाउपालिकाका उप -प्रमुख सीता अधिकारीले लैगिक हिंसा ब्यबस्थापनमा पालिकाले  प्रतिबद्धताका साथ काम गरेको जानकारी दिदै थप मजबुत कार्यक्रम आउने बर्षमा समाबेस  गर्ने उल्लेख गर्नुभयो।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा उक्त समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उप  प्रमुख सरिता माल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर भरत खत्री ,अस्पतालमा आधारित एकद्वार संकट ब्यबस्थापन  केन्द्रका फोकल पर्सन सजना ढुंगाना ,पालिकाका उप प्रमुखहरू सहितले आ- आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.