• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखराको पर्यटन पूर्बाधार निर्माणमा   बजेट अनुदार देखियो – साम्सद भट्टराई


  •    राम्जी प्रसाद लम्साल / शुक्रबार, जेठ ३२, २०८१  

  • पोखरा , जेठ ३२

    कास्की क्षेत्र न दुई बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले सरकारले भर्खरै बिनियोजित बजेट पोखराको पर्यटन पूर्बाधार निर्माण , अन्तराष्ट्रीय उडान र खानेपानी समस्याको  सम्बन्धमा  अनुदार देखिएको बताउनु भएको छ।
    भट्टराईले  भर्खर मात्र पोखरा पर्यटकिय राजधानी घोषणा भैसकेको अबस्थामा सो बिषयले बजेटमा प्राथमिकता  नपाउनु दुखद भएको भन्दै पोखरामा अन्तराष्ट्रीय उडान संचालन गर्ने कुनै ठोस योजना नसमेटिनु चिन्ताको बिषय भएको उल्लेख गर्नुभयो।

    भट्टराईले  शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा
    विनियोजन विधेयक, २०८१ को वन तथा वातावरण , खानेपानी, सञ्चार तथा सूचना प्रविधि , सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलका  क्रममा  सो कुरा बताउनुभएको हो।

    बैठकमा भट्टराईले पर्यटकिय पूर्बाधार निर्माणमा बजेटले ध्यान नदिएको, बितरण भएको बजेट पनि असन्तुलित र असमान भएको भन्दै यसले राज्य असमानताको मानक बन्ने हो कि भन्ने आशंका बढेको उल्लेख गर्नुभयो।पर्यटन क्षेत्रको बिकासका लागि एकीकृत पर्यटन ऎन आबश्यक हुने र बायुसेवा निगमको सुधार र सबलिकरणका लागि ठोस धारणा सहितको बजेट निर्माणका लागि सुझाब दिनुभयो।

    सरकारी संचार माध्यमहरूको डिजिटल अर्काइभका लागि छुट्टयाइएको बजेट अपर्याप्त भएको उल्लेख गर्दै मोबाइलको नेट्वर्किङ लगायत  साइबर, नेटवर्क र सर्भर सुरक्षाको कार्यक्रम बजेटमा समाबिष्ट गरेर मात्र डिजिटल नेपालको अबधारणा अघि बढाउन सरकारलाई सुझाब दिन्छु भट्टराईले उल्लेख गर्नु भएको छ।

    पोखराको हाल संचालनमा रहेको खानेपानीको स्रोत अपर्याप्त रहेको र तत्काल बैकल्पिक स्रोतको पहिचान सहित नयाँ आयोजना शुरु गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउदै भट्टराईले जलबायु अनुकुलित आयोजनाहरूको प्रभाबकारी कार्यान्वयनमा बजेटले ध्यान दिन नसकेको जिकिर गर्नुभयो।
    सबै जसो मन्त्रालयहरूको बजेट बजेट बिनियोजनको अबस्था हेर्दा असन्तुलित र असमान बजेटले समृद्धि र बिकासका पाइला अगाडि बढाउन बाधा पुग्ने भट्टराईको निष्कर्ष छ। जलाधार तथा सिमसार क्षेत्रको संरक्षण ,डढेलो नियन्त्रण र बादर सहितका बन्यजन्तुको प्रभाब न्यूनीकरणका लागि ठोस योजना बिना बजेट आएको छ।

    यसका निम्ति बन क्षेत्रमा फलफुल र जडिबुटीको बृक्षारोपण सहित पकेट क्षेत्र निर्माण गर्न बजेट केन्द्रित हुनुपर्ने भन्दै उहाँले जलबायु परिबर्तन र बाताबरण प्रदुषण न्यूनीकरणका कार्यक्रममा बजेटले चासो देखाउनु पर्ने र बनपैदाबारहरूको प्रयोगलाइ नितिगत रूपमा सहज बनाउनुपर्ने सुझाब दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.