• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : बास्केटवलमा बागमतीलाई २ स्वर्ण, गण्डकीलाई २ रजत


  •    अभियान हाम्रो डट कम / शुक्रबार, जेठ ३२, २०८१  

  • पोखरा , जेठ

    पोखरामा जारीे ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल प्रतियोगितामा बागमती प्रदेशले २ वटा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा आज भएको छात्र तर्फको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ३१ का बिरुद्ध ३७ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो ।

    बागमतीको जितमा प्लान्जल बस्नेतले १७ स्कोरको योगदान दिनु भयो भने गण्डकीका सौभाग्य पुनले १२ स्कोर गर्नु भएको थियो । पहिलो क्वाटरमा बागमती प्रदेश गण्डकीसंग ४–७ स्कोरले पछि पर्दा दोश्रो क्वाटरमा बागमतीले १६–१२ को स्कोरले अग्रता लियो । तेश्रो क्वाटरमा बागमतीले ५–१० को स्कोरले पछि गर्दा चौथो क्वाटरमा भने बागमती प्रदेशले २ का बिरुद्ध १४ स्कोर गर्न सफल भएको हो ।   छात्र तर्फ तेश्रो स्थानको लागि आज भएको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई १७ का बिरुद्ध ३६ स्कोरले पराजित गर्दै तेश्रो भएको हो ।

    त्यसै गरी छात्रा तर्फ आज भएको फाइनल खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ८ का बिरुद्ध १३ स्कोरले पराजित गर्दै उपाधि सहित स्वर्ण पदक जितेको हो । बागमतीको जितमा जरा महर्जनले ८ स्कोरको योगदान दिनु भयो । छात्रा तर्फ कर्णाली प्रदेशले तेश्रो स्थान हासिल गरेको छ । तेश्रो स्थानको लागि भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई १७ का बिरुद्ध २० स्कोरले पराजित गरेको हो ।

    पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा केही खेलहरु भएको रेफ्रि संयोजक सुनिल लामाले बताउनु भयो । उक्त प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम बाहेक ६ प्रदेश र छात्र तर्फ भने ७ वटै प्रदेशको सहभागिता रहेको प्रदेश खेलकुद परिषद, गण्डकीका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनु भयो ।

    विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, संघका केन्द्रिय उपाध्यक्ष जुम प्रसाद गुरुङ, प्रदेश खेलकुद परिषद, गण्डकीका उपाध्यक्ष एवं संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङ, संघ गण्डकीका उपाध्यक्ष किरण सापकोटा, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली, सशस्त्र प्रहरी वलका बरिष्ठ उपरिक्षक (एसएसपी) कृष्णराज पाठक, परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, ऋषिराम गौतम, सदस्य शुभकन्या गुरुङ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.