• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

कास्कीमा नदि तथा खानीजन्य पदार्थ बन्द हुने


  •    राम्जी प्रसाद लम्साल / बुधबार, जेठ ३०, २०८१  

  • पोखरा , जेठ ३०

    ढुङ्गा, गिटि, बालुवा नदि तथा खानिजन्य पदार्थको अनुगमन समिति कास्कीको बैठक बुधबार सम्पन्न भएको छ।

    बैठकले कास्कीमा तीन महिना नदिजन्य र खानिजन्य पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटि, बालुवा तथा नदि तथा खानिजन्य पदार्थको संचालन मापदण्ड २०७७ ले ब्यबस्था गरे अनुसार सो निर्णय गरिएको हो । सो संचालन मापदण्ड अनुसार असार ,साउन र भदौ महिनामा नदि तथा खानी जन्य पदार्थको उत्खनन गर्न नपाइने ब्यबस्था अनुसार उक्त निर्णय गरीएको अनुगमन समितिका संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनुभयो।

    पौडेलले बिकास निर्माणका काममा बाधा नपुग्ने गरि बिद्यमान कानुन र मापदण्डको पालना गर्नुको बिकल्प नरहेको भन्दै कडाइका साथ निर्णय कार्यान्वयन गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गर्नुभयो।

    दर्ता नगरी अबैधरूपले मापदण्ड बिपरित संचालित क्रशर उद्योगहरूका कारण बाताबरणिय र पर्याबरणिय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता उद्योगलाई समेत तत्काल बन्द गर्न पौडेलले आग्रह गर्नुभयो।
    उहाँले सबै पालिकाहरू मार्फत उद्योगहरूले जेठ मसान्तभित्र स्रोत खुलाएर स्टक प्रमाणिकरण गरेका सामाग्री यो अबधिमा बिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने बताउनुभयो।
    नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै प्रकारको प्रभाब र दबाबमा नपर्न आग्रह गर्दै अबैध उत्खनन कार्य भएको पाइएमा तत्काल जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेलले कास्कीबासी जनताहरूलाइ आग्रह समेत गर्नुभयो।

    कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य , जिल्ला समन्वय समिति कास्कीका उप- प्रमुख सरिता माल,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीन बहादुर गुरुङ , मादी गाउँपालिकाका अध्यक्ष देबिजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा , कास्कीका प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह- संयोजक भरतमणी पाण्डे ,कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा,ससस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा , क्रशर ब्यबसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल ,कास्कीस्थित पालिकाका प्रमुख कार्यकारी अधिकृतहरू , अनुगमन समितिका सदस्यहरू सहित विभिन्न सरोकारवाला ब्यक्तिहरूले ढुङ्गा ,गिटि ,बालुवा ,नदि तथा खानीजन्य पदार्थको उत्खनन ,ओसार पसार र बिक्रीवितरण र उपभोगमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा आ -आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।

    अनुगमन समितिका संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.