१०४ वर्ष सताब्दी पुरुष (नारायण सिं गुरुङ) अझै आफ्नो दैनिक कार्यमा सक्रिय छन् ।
साविक पौवै गौंडे गा वि स हाल पुतली बजार नगरपालिका वडा नं ५ आहाले निवासी काशीराम गुरुङ र धन शुभ गुरुङको कान्छो छोराको रुपमा जन्मनु भएको हो । नारायण सिं गुरुङ १०४ वर्षको उमेरमा पनि आफ्नो दैनिक कार्यमा ब्यस्त रहनु हुन्छ। अझै पनि घाँस काट्ने,नियालो काटेर चोयाबाट डोको बुन्ने ,कोक्क्रो बुन्ने ,किताब पढ्ने र आफ्नो शरीरको सरसफाई देखि सानातिना कपडा धुने कार्यहरु स्वयंले आफैले गर्नु हुन्छ।
यस उमेर सम्म आईपुग्दा पनि उहाँलाई कुनै किसिमको रोगहरुबाट ग्रसित देखिदैन। १०४ वर्ष सम्म सोही गाउँमा रहेर कृषिलाई मुख्य पेसाको रुपमा अँगालेर जीवनयापन गरिरहेको छ । उहाँको जीवन संगिनीको स्वर्गवास भएकोले एकल जीवन आफ्नै सन्तानको रेखदेखमा जीवन यापन गरी रहनु भएका शताब्दी पुरुषको ५ छोरा र २ छोरीहरु छन् । नारायण सिं गुरुङको सन्तानहरु मध्ये बर्तमानमा छोराहरुको तर्फबाट १८ वटा नातानातिनीहरु छन् । उहाँको रेखदेख र स्याहारसुसारमा हरेक क्षेत्रबाट कुनै किसिमको कमी रहेको पाईदैन। सुन्ने क्षमतामा कमी आए पनि बाँकी कुरामा सक्षम हुनुहुन्छ। उहाँसंगको संबादमा श्रवण शक्ति र दृष्टिमा कमी आएको कारण ब्यक्ति पहिचान गर्न भने अलि गाह्रो हुन्छ भन्नु हुन्छ : नारायण सिं गुरुङ








