• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पार्टीको काठमाडौं अधिवेशनमा ओली: “नेताले कसैलाई बोकेको भए भुइँमा राख्नुस्”


  •    संवाददाता अल्चना श्रेष्ठ/ शनिबार, जेठ २६, २०८१  

  • २६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला कमिटीको अध्यक्ष चयनमा सकेसम्म चुनाव नगर्न आग्रह गरेका छन्।

    शनिबार जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले प्रतिस्पर्धा गर्ने हो भने कुनै पनि उम्मेदवारलाई नबोक्न नेताहरुलाई आग्रह गरेका छन्। ‘स्वस्थ प्रतिस्पर्धा नहुने, एक जनाले अर्को बोक्ने, अर्काले अर्को बोक्ने अनि नेताले प्रेस्टिज इस्यु बनाएर एउटालाई ढाल्नुपर्ने, अर्कोलाई उठाउनुपर्ने यो खालको कुराले पार्टीमा राम्रो गर्दैन,’ उनले भने, ‘त्यसकारण कृपया नेताहरु कोही बोक्नुभएको छ भने बालक कोही छैन, भुइँमा राख्नुस्, काँधमा बोक्नुपर्दैन।’

    नेताले आपसमा मिलाउनुपर्ने भन्दै उनले प्रतिस्पर्धा गर्ने हो भने कार्यकर्तालाई भोट हाल्न दिनुपर्ने बताए। ‘मिलाउनुहुन्छ भने नेताहरुले मिलाए हुन्छ, प्रतिस्पर्धा गर्ने हो भने भोट हाल्न कार्यकर्तालाई दिनुस् अरु कुरा नगर्नुस्,’ उनले भने।

    पार्टीमा काममा प्रतिस्पर्धा गर्नुपर्ने भन्दै उनले मतपेटिकामा मात्र प्रतिस्पर्धा गर्न उचित नहुने बताए। ‘बाकसमा, ब्यालेटमा प्रतिस्पर्धा गरेर हुन्छ? काममा प्रतिस्पर्धा, विचारमा प्रतिस्पर्धा, सक्रियतामा प्रतिस्पर्धा, शैलीमा प्रतिस्पर्धा, ती सबै कुरामा प्रतिस्पर्धा गर्नुपर्‍यो,’ ओलीले भने, ‘कतिपय ठाउँमा प्रतिस्पर्धाका नाउँमा गलत प्रवृत्ति देखिएका छन्।’

    पार्टीमा आफूले सोचेजसरी नयाँ नेतृत्व पैदा हुन नसकेको ओलीले बताए। हरेक कमिटीबाट नयाँ नेतृत्व उम्रेर आइरहनुपर्ने भन्दै उनले कसलाई बनाउँ भनेर खोजी गर्दा राम्रो मान्छे पाउन मुश्किल भएको टिप्पणी गरे।

    काठमाडौंको अध्यक्ष को हुनुपर्छ आफूले नभन्ने भन्दै ओलीले अध्यक्षको कुर्सीमा जो बसे पनि हुन्छ भन्ने पनि नसोच्न आग्रह गरे। ‘यो कुनै भावावेशको कुरा होइन, मैले धेरै केही भनिरहनुपर्लाजस्तो लाग्दैन। तपाईंहरुले एउटा मूल्यांकन गरिसक्नुभएको छ, एउटा अठोट गरिसक्नुभएको छ, कसले पार्टी चलाउन सक्छ, कसलाई नेतृत्व दिनुपर्छ तपाईहरुले बुझ्नुभएको छ,’ उनले भने।

    जति जना प्रतिस्पर्धा गरे पनि एक जनाले जित्ने भन्दै ओलीले जितिन्न भन्ने थाहा पाउँदापाउँदै चुनावमा किन उठ्ने भनेर प्रश्न गरे। ‘चुनावमा उठेर, लडेर त्यहाँ फ्याक बनाएर मन चाहिँ मिलेको छैन हाम्रो भनेर, किन नमिलाउने मन केले रोकेको छ मन मिलाउन?’ ओलीले प्रश्न गरे।

    लोकतान्त्रिक पद्धतिका नाममा चुनाव लड्नु बेठीक भएको उनले बताए। ‘नीति एउटै हो, एउटै उद्देश्य, एउटै गन्तव्यमा हामी हिँडेका छौं भने सबैलाई उठ्नु नपर्ने एक दुई जनालाई नउठी नहुने किन?’ उनले प्रश्न गरे, ‘डेमोक्रेसी १/२ जनालाई मात्र अपरिहार्य, नभई नभएको किन?’

    आपसमा मिल्दै नमिल्ने हो भने चुनाव लड्न आग्रह गर्दै ओलीले भने, ‘चुनाव लड्नुहुन्छ भने व्यक्तिको सिंङ फुकाल्नुस्, ठीक छ तर संगठनलाई नोक्सान नपार्नुस्।’

    पार्टीभित्र अप्ठेरो पारेकै कारणले आफूले संसद विघटन गरेको जिकिर गर्दै उनले संसद विघटन नगरेको भए अहिले एमाले भन्ने पार्टी नरहने बताए। ‘त्यतिबेला संसद विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैनथ्यौं। यो अन्तै लगेर बुझाइसकेका हुन्थे।’

    काठमाडौं जिल्ला लाल किल्ला

    अघिल्लो चुनावमा स्थानीय तह, प्रदेश र संघीय चुनावमा एमाले पराजित भएको स्मरण गर्दै ओलीले २०८४ को चुनावमा काठमाडौंलाई लाल किल्ला बनाउने बताए। ‘आगामी निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला। यो कुरा सबैले कान खोलेर सुने हुन्छ, आफ्नो आफ्नो तयारी गरे हुन्छ, मोर्चा कसे हुन्छ, कम्मर कसे हुन्छ, घुँडा धसे हुन्छ, एमालेले पछार्छ पछार्छ,’ उनले भने।

    ओलीले एमालेका नेता कार्यकर्तालाई मुख्य रुपमा राजनीति र संगठनमा ध्यान दिन आग्रह गर्दै चुनावको तयारीमा लाग्न निर्देशन दिए। ‘वडा तहदेखि केन्द्रीय तहसम्म एमालेको नीतिमा देश चल्नुपर्छ, अनि मात्र देश बन्छ। धेरैको गज्याङमज्याङ नीतिले देश बन्ने होइन,’ उनले भने।

    एमालेमा सामन्तवाद छैन

    ओलीले पार्टीभित्र सामन्तवाद र पुँजीवाद नरहेको बताए। पार्टीमा एमाले अध्यक्ष ओलीको व्यवहारलाई लिएर बेला बेलामा प्रश्न उठिरहेका बेला उनले एमालेमा सामन्तवाद र पुँजीवादको अवशेष नरहेको बरु माक्र्सवादको झण्डा रहेको बताए। ‘सामन्तवाद, पुजीवाद निम्न पुँजीवाद कुनै विचारबाट प्रभावित छैन, वैचारिक हिसाबमा व्यवहारिक रुपमा गाइडेड छैन, यसको अवशेष समाजमा छ, नेकपा एमालेमा छैन। सामन्तवाद, पुँजीवादको अवशेष छैन, मार्क्सवादको झण्डा छ,’ उनले भने, ‘योसँग विकृत विचार छैन।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    ताजा अपडेट
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,
    • हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता
    • बाके भेरीअस्पताल चिकित्सकलाई खुट्टा काटने र मार्ने धम्की दिएका पत्रकार कुशल दर्लामीलाई नियन्त्रणमा

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.