• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जिल्ला बन क्षेत्र समन्वय समिति कास्कीको  बैठक सम्पन्न


  •    राम्जी प्रसाद लम्साल / शुक्रबार, जेठ २५, २०८१  

  • पोखरा जेठ २५

    कास्की जिल्ला बन क्षेत्र समन्वय समितिको  बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ।

    बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति  कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलले बन क्षेत्रको संरक्षणमा सरकारी निकायहरू अति गम्भीर र प्रभाबकारी ढंगले लागि पर्न आग्रह गर्दै पछिल्लो समय बन बिनासको महत्वपूर्ण कारक तत्व डढेलो नियन्त्रण गर्न प्रभाबकारी जनचेतना सहितका कार्यक्रम बनाउन आग्रह गर्नुभयो।

    मानब जीवन सहित सम्पूर्ण जिबजन्तुको अस्तित्व नै समाप्त हुने गरि बन बिनास बढ्दै जानू अत्यन्त चिन्ताको बिषय भएको भन्दै प्रमुख पौडेलले   संरक्षणका निम्ति तत्काल अल्पकालिन र दीर्घकालीन कार्ययोजना आबश्यक भएको हुँदा त्यसतर्फ ध्यान दिन सरोकारवाला कार्यालयका कर्मचारीहरूलाई आग्रह गर्नुभयो। पौडेलले छलफलका क्रममा देखिएका समस्या ,चुनौती ,कानुनी र नितिगत समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै घनिभुत ढंगले समन्वय गर्ने उल्लेख गर्नुभयो। पौडेलले नितिगत झन्झट राजनितिक तहबाटै हल गर्नुपर्ने उल्लेख गर्नुभयो।

    कार्यक्रममा जि. स. स. कास्कीका उप-प्रमुख  सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, कास्कीका डिभिजनल बन अधिकृत कोमलराज काफ्ले , एक्याप पोखरा कार्यालयका प्रमुख डाक्टर रबिन कडरिया , सामुदायिक बन उपभोक्ता महासंघ नेपाल  गण्डकीका अध्यक्ष कालिदास सुवेदी   सहितका  विभिन्न सरोकारवाला ब्यक्तिहरूले  बन क्षेत्रमा देखिएका समस्या ,चुनौती र निराकरणका सम्बन्धमा  आ -आफ्नो धारणा ब्यक्त  गर्नुभएको थियो।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा बन क्षेत्र समन्वय समितिका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

    त्यसै गरी बाल कल्याण संस्थाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक  शुक्रबार सम्पन्न भएको छ।
    बैठकलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष लिलाधर पौडेलले समाज बिकासका निम्ति  गैर सरकारी संस्थाहरूको भुमिका महत्वपूर्ण रहदै आएको उल्लेख गर्दै ती संस्थाहरू विभिन्न तहका सरकारसंग अझै सघन ढंगले हातेमालो गर्न आग्रह गर्नुभयो । पौडेलले  सबै क्षेत्रमा कार्यरत ब्यक्तित्वहरू इमान्दार तवरले लागेमा मात्रै  समृद्धिको अभियान सार्थक रूपले अगाडि बढ्ने  बताउनुभयो ।

    सो अबसरमा   जिल्ला समन्वय समिती कास्कीका सदस्यद्वय सितादेबी बि क र लक्ष्मी दमै  ,कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल,जिल्ला शिक्षा समन्वय समिती कास्कीका कार्यालय प्रमुख लोकनाथ आचार्य , ,पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य ,गैर सरकारी  संस्था महासंघ   कास्कीका अध्यक्ष बुद्धि बहादुर थापा ,गण्डकी प्रदेशका बाल कल्याण अधिकारी बद्री वाग्ले  सहितले आ -आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो  ।

    कार्यक्रममा बाल कल्याण संस्थाका कार्यकारी निर्देशक बिजय कुमार प्रधानले संस्थाको   परिचय सहित,गतिबिधी ,कार्यक्रम र बिबिध पक्षहरूको बारेमा जानकारी गराउनुभएको थियो।
    जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.