पोखरा
यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनौट भएका हुन् । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ ।
एथलेटिक्स छात्ररछात्रा
एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् ।
छनौट भएका एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ ९लमजुङ०, स्पिन पौडेल ९पर्वत०, गणेश श्रेष्ठ ९पर्वत०, अभिशेष थनेट ९नवलपुर०, अंकित रानाभाट ९तनहुँ० र सुशन बोटे ९नवलपुर० रहेका छन् ।
त्यसै गरी छात्रातर्फ कन्चन भण्डारी ९म्याग्दी०, सुजाता कुमाल कास्की, जुना सरु मगर ९स्याङजा०, अञ्जली अधिकारी ९कास्की०, अनुस्का अधिकारी ९कास्की० र आरती बिक ९नवलपुर० रहेका छन् ।
बास्केटबल छात्ररछात्रा
राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनौट भएका छन् ।
छनौट भएका छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् । त्यसै गरी छात्रातर्फ सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् ।
ब्याडमिन्टन छात्ररछात्रा
प्रतियोगिता अन्तर्गत नै भएको ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् । छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ ९तनहुँ०, अमृत थापा ९कास्की०, गेजराज कार्की ९कास्की० र नेल्सन गुरुङ ९तनहुँ० रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ ९लमजुङ० रहेका छन् ।
त्यसै गरी छात्रातर्फ दिलाशा राना ९तनहुँ०, शेरेन प्रधानाङ्ग ९कास्की०, खुसी दाहाल ९कास्की०, समृद्धि श्रेष्ठ ९गोरखा० र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा ९कास्की० रहेका छन् ।
बुद्धिचाल छात्ररछात्रा
राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् ।
छनौट भएका खेलाडी छात्रतर्फ विद्यान श्रेष्ठ ९स्याङजा०, सवृश श्रेष्ठ ९तनहुँ०, खुसीराज सिउथाना ९कास्की० र कुशल रम्तेल ९गोरखा० रहेका छन् भने छात्रातर्फ खसी आचार्य ९कास्की०, उज्विनी कँडेल ९नवलपुर०, आयूषा क्षेत्री ९स्याङजा० र विनिता गुरुङ ९कास्की० रहेका छन् ।
यो समाचार तयार पार्दा सम्म टेबुल टेनिस र रग्बीको छनौट खेल भने जारी रहेको छ ।
सम्पन्न विभिन्न प्रतियोगिताका बिजेता खेलाडीहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य केशव पाठक, विनय थापालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता सम्पन्न गर्न परिषदले विभिन्न ६ खेलका खेल संघहरुलाई व्यवस्थापनको जिम्मेवारी दिएको थियो । छनौट खेलमा ४ सय १६ खेलाडी र टिम प्रशिक्षक हरु गरी ४ सय ८७ जनाको सहभागिता रहेको थियो ।
पहिलो पटक आयोजना हुन लागेको विद्यालय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिशरमा नै सञ्चालन हुनेछन् । यू–१५ विद्यालय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाको सहभागिता हुनेछ ।








