बिकास लुङ्गेलि
हिरामा किरा नपरेको भए
कोपिलामै फुल नझरेको भए
तिमि सबको शिरमा हुन्थ्यो
उनिहरु गहिरो पिरमा हुन्थ्यो
कसै न कसैले चिनाउन सक्छ
जति पखालेनी घिनाउन सक्छ
पहिले झैं चमक नआउन सक्छ
सबै सबैले शिरमा नलाउन सक्छ
अन्तभए कौडिमा बिक्ने थिएन
फोहोर बाट कसैले झिक्ने थिएन
यहाँ त क्षणमै करुणा पलाउँछ
तुरुन्तै आफ्नो कुलमा चलाउँछ
हिरामा किरा नपरेकोभए
कोपिलामै फुल नझरेकोभए
चन्द्रमा जस्तै आकाश चुम्थ्यो
संसारको नजर तिमिमा हुन्थ्यो।
२०८१/०२/२४पोखरा।








