सूचना प्रविधिको क्षेत्रमा नेपालकै सर्बश्रेष्ठ आइटी एजुकेसन ग्रुप डियरवाक एजुकेसनले पोखरामा बृहत सूचना प्रविधि सम्बन्धी कार्यशाला गोष्ठी आईतबार सम्पन्न गरेको छ ।
जेठ २० गते आइतबार पोखराको पाँच तारे होटल पोखरा ग्राण्डमा कार्यक्रम भएको हो । यसअघि डियरवाकले झापाको बिर्तामोडमा कार्यक्रम गरी सकेको
पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सबै जिल्लाका विभिन्न विद्यालय, कलेजका विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुकाबीचमा नेपालको आइटि क्षेत्रकोबारेमा बृहत अन्तरक्रिया कार्यक्रम भएको हो ।
सो अवसरमा नेपालमा सूचना प्रविधिको इतिहास, नेपालमा भए गरेका प्रयास तथा हालको अवस्था, नेपालमा उपलब्ध आइटिका विभिन्न डोमेन, आइटी क्षेत्र र पाठ्यक्रमको बीचमा रहेको खाडललाई पुर्नका निमित्त पाठ्यक्रममा गर्न सकिने सुधार तथा आफ्नो संस्थाले गरेको कामकोबारेमा स्पष्ट पारेको डियरवाक एजुकेशन ग्रुपका डाइरेक्टर यज्ञनिधि लम्सालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“पोखरामा भएको यो कार्यक्रम आइटीको सवैभन्दा बृहत कार्यक्रम हो। सूचना प्रविधिलाई बुझ्न चाहने सबैजना कार्यक्रममा सहभागी भएका थिए । ”आयोजकका अनुसार कार्यशालामा विश्वमा आइटीको अवस्था, देशभित्रको सम्भावना, आइटी पढेर कति कमाउन सकिन्छ ? नेपालमै कहाँ कहाँ आइटी पढ्न पाइन्छ ? अन्डर ग्राजुएट (आइटी) कुन कुन विश्वविद्यालयमा पढाइन्छ ?,आइटीको कोर्स कस्तो छ ?विश्व बजारमा आइटीको स्थान र हाम्रो पाठ्यक्रममा कहाँनेर दरार वा खाडल छ ?नेपालमा आइटीसम्बन्धी कम्पनी के कति छन् ? लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
आईतबार सम्पन्न भएको कार्यक्रममा १६० भन्दा बढिको उल्लेख्निय सहभागिता रहेको थियो।








