• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा आईतबारदेखि तीन दिन ४७औं अन्नपूर्ण आरोहण दिवस मनाइँदैछ


  •    संवाददाता/ आइतबार, जेठ २०, २०८१  

  • नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले २० देखि २१ गते सम्म पोखरामा आज आईतबारदेखि ४७औं अन्नपूर्ण आरोहण दिवस मनाइँदैछ । उक्त दिवसमा विभिन्न कार्यक्रम गरि तीन दिन मनाइनेछ ।

    यस कार्यक्रमको समारोहमा कुटनीतिक नियोगका अधिकारीहरु सहभागी हुनेछन् । जसका लागि उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्सालसहित अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, मलेसियाका राजदूत तथा दूतावासका अन्य उच्च अधिकारीहरु पोखरा आउने नेपाल पर्यटन वोर्डले जनाएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी), संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सहितका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि यो भ्रमणमा सहभागी हुनेछन् ।

    दिवसमा अवसरमा अन्नपूर्ण हिमाल आरोहण गरेका तीन जना पर्वतारोही पूर्णिमा श्रेष्ठ, दाबा योङजन शेर्पा र लाक्पा डेन्डी शेर्पासहित  पर्वतारोहीहरुलाई पनि सम्मान गरिने बोर्डका पोखरास्थित निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए ।

    ‘नेपालस्थित दूतावासका राजदूतसहित कुटनीतिक नियोगका पदाधिकारीको भ्रमणले पोखरा क्षेत्रमा आगामी दिनमा ती मुलुकका पर्यटकको आगमन बढ्ने अपेक्षा छ,’ पोखरेलले भने, ‘पोखरा र नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश प्रवाह गर्न कुटनीतिक नियोगको भूमिका महत्वपूर्ण हुनेछ ।’ अन्नपूर्ण दिवसका कार्यक्रमका लागि ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी र नेपाल पर्वतारोहण संघ गण्डकीसँग सहकार्य गरेको उनले बताए ।

    आइतबार बिहान पोखरा आउने कुटनीतिक नियोगका प्रमुख तथा कर्मचारी त्यही दिन कास्कीको धम्पुस प्रस्थान गर्नेछन् । धम्पुसबाट धिताल गाउँ हुँदै अस्तामसम्म पदयात्रामा जाने कार्यक्रम रहेको पनि पोखरेलले बताए । पदयात्रापछि उनीहरु आइतबार बेलुकी नै पोखरा फर्किने उनले बताए । उनका अनुसार पोखरा आसपासका क्षेत्रमा प्रत्यक्ष अवलोकन गराउँदा उच्च पदाधिकारीबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्नेछ ।

    ‘पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशको मात्र नभई नेपालकै पर्वतीय पर्यटनको प्रचार प्रसार र प्रवर्द्धन हुनुको साथै यसबाट विश्व पर्यटन बजारमा समेत सकारात्मक प्रभाव पर्नेछ,’ उनले भने, ‘नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास यो भ्रमणले लिइएको छ ।’

    टानका अध्यक्ष धर्मराज पन्थीका अनुसार अन्नपूर्ण दिवसको मूल कार्यक्रम भने  सोमबार हुनेछ । उक्त दिन विशिष्ट पाहुनासहित गण्डकी प्रदेश सरकार, पोखरा महानगरका प्रमुख र प्रतिनिधिसहित पर्यटन क्षेत्रका संघ, संस्था, पर्यटन व्यवसायीको उपस्थितिमा पोखरा क्षेत्रकै हाइकिङ गराइनेछ ।

    ‘पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उच्चपदस्थ पाहुना पोखरा भित्र्याउन थालेका हौँ । यसले साहसिक पर्यटन प्रवर्द्धनमा थप भूमिका निभाउनेछ,’ पन्थीले भने, ‘अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो बनाउने प्रयासमा हामी जुटेका हौँ ।’

    पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र आसपासका क्षेत्रमा पाहुना भित्र्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए । साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान पोखरा क्षेत्रले पहिचान कमाएकोले आगामि दिनमा थप पाहुना भित्र्याउने योजनाका लागि व्यवासायीले पहल गरिरहेको उनले बताए ।

    ‘उच्चपदस्थ पाहुनाले खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको एउटै फोटो र भिडियो पनि पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुनेछ,’ उनले भने ।  पर्यटन क्षेत्रले पर्यटन क्षेत्र अप्ठेरो परेको बेलामा यसअघि पनि उच्चपदस्थ पाहुनालाई पोखरा ल्याएर आसपासका क्षेत्रमा घुमाउँदै आएको छ ।

    अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो । यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

    सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलोपटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विशेष रुपमा मनाउन थालिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.