पुम्दीभुम्दीमा प्रश्न निर्माण कार्यशाला वडा शिक्षा समिति, पोखरा-२२ पुम्दीभुम्दी को आयोजनामा प्रश्न निर्माणमा विशिष्टिकरण तालीकाको प्रयोग सम्बन्धी दुइदिने कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै पोखरा -२२ का वडाध्यक्ष हिमलाल वरालले प्रश्न निर्माणमा कुशलता हुने शिक्षकले कक्षाकोठामा समेत कुशलतापूर्वक शिक्षण गर्ने तर्क गरे ।

अँग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययन बिषयका प्रश्नपत्र निर्माणको लागि विशिष्टीकरण तालिकाको प्रयोग कसरी गर्ने भन्ने विषयमा सह प्राध्यापक भिमनाथ बराल, मदन प्रसाद बराल, ध्रुवराज पौडेल, अम्बिक बराल तथा नरनाथ वरालले सहजिकरण गरेका थिए । कार्यक्रम समापन कार्यक्रममा बोल्दै बडा सदस्य कृष्णकुमारी देवकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरेकी थिइन्। समापन सत्रमा सहभागीहरुको तर्फबाट सुमित्रा बराल, जापप्रसाद गुरुङ र प्रशिक्षकहरुको तर्फबाट मदन प्रसाद बरालले आफ्ना अनुभवहरू व्यक्त गरेका थिए।

पृथ्वीनारायण क्याम्पस, राजनितीशास्त्र बिभागका सह प्राध्यापक भिमनाथ बरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडाका १७ विद्यालयका ३५ शिक्षकहरुको सहभागिता रहेको थियो।








