• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा इभेन्ट सेन्टरमा जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने


  •    अभियान हाम्रो डट कम/ शनिबार, जेठ १९, २०८१  

  • पोखरा

    गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका ६ बुलौदीमा रहेको पोखरा इभेन्ट सेन्टरमा मा यही जेठ २१ र २२ गते श्रमाधान रोजगार मेला हुने भएको छ । पत्रकार सम्मेलनमार्फत आयोजकले मेला आयोजना गर्न लागेको जानकारी दिए । उक्त मेलाको प्रारम्भीक तयारी पूरा भएको समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

    नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको मेलाको संयोजन होटल संघ नेपाल (हान) र सह– आयोजकहरुमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेको बताए ।

    आन्तरिक रोजगारी प्रवर्द्धन र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै रोजगारीको लागि अनुकुल वातावरण सृजना गर्नु अहिलेको आवश्यकता देखिएको भन्दै सरकारले ७ वटै प्रदेशमा श्रमाधान रोजगार मेला २०८१ आयोजना गर्दै आएको आयोजकले बताए ।

    मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु रहनेछ । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । प्रदेश भित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टलहरु रहने बताए ।

    मेलाले श्रमिक तथा रोजगारदाताहरुलाई जोड्ने तथा रोजगारदाताहरु र विभिन्न क्षेत्रका सरोकारबालाहरुलाई एकै ठाँउमा ल्याएर श्रमाधान कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण तयार गर्ने विश्वास गरेको छ । रोजगारीको वातावरण बनाउँदै निजी क्षेत्रमा रोजगारी सृजना तथा प्रबद्धन गर्न आवश्यक सीप विकासमा सहयोग पुग्नेछ । त्यस्तै दक्षता अभिवृद्धि गर्दै रोजगारीको खोजीमा रहेकाहरुलाई सीप र रोजगारसँग प्रत्यक्ष जोड्ने वातावरण तयार गर्नेछ ।

    श्रमाधान मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेश निर्माण गर्ने, रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अवसरको पहिचान हुने, नेपालको रोजगारीको परिदृश्यका बर्तमान सन्दर्भमा देखिएको खाडल आवश्यकता अनुकुल जनशक्ति प्राप्त गर्न र युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य रहेको अवस्थामा आन्तरिक रोजगार प्रवद्र्धन गर्न सकारात्मक योगदान दिने आयोजकले बताए ।

    श्रम र रोजगारसँग सम्बन्धित सो कार्यशाला गोष्ठी तथा अन्तरकृया कार्यक्रम हुने जसमा सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगारि खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया र स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले बताए ।

    श्रमाधान रोजगार मेलामा सहभागी हुन आउने इच्छुक व्यक्तिले अनलाइन दर्ता प्रणाली https://shramadhan.moless.gov.np/rojgarmela/ मार्फत रोजगारदाता मेलामा सुचीकरण हुन सक्ने र रोजगारीको खोजीमा रहेका व्यक्तिले दर्ता गर्न समेत सकिने व्यवस्था रहेको छ । साथै मेलाको भ्रमण गर्न आउनु हुने व्यक्तिले मेलामा नै स्वयम म्यानुअलमा र अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था रहेको आयोजकले जनाकएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.