• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निरमाया दोहोरी साँझले हात पार्यो दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि


  •    अभियान हाम्रो डट कम / बिहिबार, जेठ १७, २०८१  

  • पोखरा

    दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी हात पारेको छ । पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो ।

    प्रतियोगिताबाट बाराही दोहोरी साँझ दोस्रो र आयोजक तेस्रो भएको छ । विजयी भएसँगै निरमायाले खसी उपहार प्राप्त गरेको छ । निरमायाबाट सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ खेलेका थिए । उनीहरुलाई रोशन थापा मगरले कोच गरेका थिए ।

    निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले नगद सहित भलिबल प्राप्त गरिन् । उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।

    सो अवसरमा रस्साकस्सी र म्युजिकल चियर प्रतियोगिता समेत भएको थियो । रस्साकस्सीमा निरमाया दोहोरी साँझले नै जितेको छ भने म्युजिकल चियरमा समेत निरमाया दोहोरी साँझकी निरुता थापामगरले जितेकी छिन् । दोहोरीको सफलता प्रति संचालक जीवन गुरुङ खुशी छन् । पोखरा दोहोरी साँझ रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समेत रहेका गुरुङले भाइचाराको सम्बन्ध स्थापित गर्न यस्ता प्रतियोगिताको आयोजना हुँदै जानुपर्ने बताए ।

    संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमा समेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गरे । निरमाया दोहोरी साँझ पारिवारिक दोहोरी साँझ भएको उनले बताए । यस्ता खालका प्रतियोगितामा आगामी दिनमा समेत सहभागी हुँदै जाने भनाई उनको छ । विगत २१ वर्षदेखि निरमाया दोहोरी साँझले सेवा प्रवाह गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.