• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा


  •    अभियान हाम्रो डट कम/ बुधबार, जेठ १६, २०८१  

  • पोखरा महानगरपालिका पोखरालाई पर्यटनको राजधानी घोषणा पश्चात् एकीकृत रणनीतिक कार्य योजना निर्माणको तयारीमा लागेको छ । समग्र पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सहरी योजना आयोग मार्फत एकीकृत रणनीतिक कार्य योजना निर्माण गर्न लागिएको हो ।

    आगामी १० वर्षमा पोखरा महानगरपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन भूमिका र जिम्मेवारीहरूका लागि कार्यहरू सहित एकीकृत र रणनीतिक पर्यटन कार्य योजना निर्माण गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । ‘यसले पोखराको समग्र पर्यटन क्षेत्रको विकाससँगै पर्यटनलाई गतिशील बनाउन मार्गचित्रका रूपमा काम गर्नेछ, उहाँले भन्नुभयो, पर्यटन राजधानी घोषणा भएपछि आधारभूत रूपमा पर्यटन पूर्वाधार र व्यवस्थापन कार्यलाई रणनीतिक रूपमा अगाडी बढाउनै पर्दछ ।’ पोखरा विश्व बजारमा परिचित पर्यटन सहर भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या अपेक्षित नभएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

    पोखराको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक, साहसिक र रैथाने उत्पादन लगायतको उजागर गर्ने गरी एकीकृत कार्य योजना आवश्यक रहेको पर्यटन क्षेत्रका विज्ञहरूले सुझाएका छन् । यस सम्बन्धमा बुधवार सरोकारवाला र पर्यटन क्षेत्रका विज्ञहरूसँग छलफल तथा परामर्श गरिएको छ । महानगरको सहरी योजना आयोगको व्यवस्थापनमा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा डा.प्रनिल नेपाल (उपाध्याय) ले कार्य योजनाको अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.