अन्नपूर्ण गाउपालिका वडा न ३ स्थित धारापानी माध्यामिक विद्यालायका सम्पुर्ण विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ। यहि मिति २०८१ जेठ १६ गते पोखरा महानगरपालिका वडा न २४ कास्कीकोट निवासी हर्कबहादुर नेपालीद्वारा यस विद्यालयमा सम्पुर्ण विद्यार्थीहरुलाई जुत्ता र विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको छ।
सो कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण ३ का वडाध्यक्ष फणिन्द्रप्रसाद पौडेल, समाजसेवी डिल्लीराम पौडेल तथा विष्णु पौडेलले मन्तव्य राख्बु भएको हो साथै जुत्ता र स्टेशनरी सामग्री वितरण पश्चात हर्कबहादुर नेपाली र उहाको परिवारलाई समेत सम्मानपत्र र दोसलाद्वारा सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्र अ हरिप्रसाद भण्डारीले सहयोगीदाता नेपालीले गत वर्षमा पनि विद्यालयलाई स्टेशनरी सामग्री सहयोग गर्नुभएको थियो । यो वर्षको कार्यक्रम गत वर्ष भन्दा पनि अझ प्रभावकारी भएको र विद्यार्थीहरुलाई जुत्ता वितरण कार्यक्रम रहेको धारणा राख्दै सबै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । शिक्षक नारायण पौडेल ( नयन ) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।








