“बिचार बिमर्श “
माओवादीहरु संसदीय अभ्यासमा असफल भए भन्नेकुराको एउटा भरपर्दो मापक गत बर्सहरुको चुनाबी नतिजाले स्पष्ट पार्दछ, यस्तो किन हुन गयो ? रास्ट्रमा माओबादी एजेन्डा कायम हुदा पनि रास्ट्रबिकासको गति द्रुतगतिमा अगाडि बड्न नसक्नुको कारण ?
रास्ट्रमा भद्रगोल सिर्जना भै रास्ट्रकै एक अङ्ग र अर्को अङ्ग बिच जनताका मुद्दाहरु बाझिनुको कारण?
जननिर्वाचित सरकारका निर्णय बारम्बार अदालतको बाटो प्रयोग गरेर उल्टाउनु को कारण ?
जनता झनै दहनिय अवस्थामा पुगि मुलुक परनिर्भरतामा आशृत बन्दै जानुको कारण ?
सरकारका हरेक जिम्मेवार निकाय सरकार अधिनस्थ हुनुपर्ने किन विपक्षमा देखिन्छन ? कारण ?
अधिकाम्श जनयुद्ध द्वारा स्थापित मुद्दाहरु बिस्तारै छोडिँदै मात्र नामको बिना शक्ति को पुतली गणतन्त्र सम्म आइपुग्नुको कारण ?
सान्ति प्रक्रियासँग सम्बन्धित जनयुद्ध कालिन मुद्दाहरु आज सम्म यथावत राखिनु को कारण ?
कमरेड हरु हामी जनताबाट टाढा बनाइदै जानुमा आन्तरिक भन्दा बाह्य कारण मजबुत बन्दै जानुको कारण ? पस्चगामी शक्ति हरुद्वारा निर्माणाधीन अदालतको चाबिद्वारा क्रान्तिकारि हरुमाथी को बन्दी का पछिल्तिरको कारण ? कमरेड हरु हामी समग्रतामा राजनैतिक परिदृस्य को तस्बिर खिच्न एकफेर घोत्लिने कि ?
यो पङ्ग्तिकारको बिस्लेसणमा सडयन्त्रका गन्धहरु नआएका होइनन तर समग्र क्रान्तिकारी कमरेड हरुमा आउन जरुरी ठानेर सानो आर्टिकल को प्रयास मात्र हो।
कमरेडहरु हामी आफै कतै संसदीय अभ्यासमा नया खेलाडिबनेर खेल्दै गर्दा न्युनतम सर्बहारा दृस्ठिकोण बाट चिप्लिएर सन्सदिय खेलमा पराजित भएका त हैनौ ? हामिले भन्दै आएको राज्य पुनरसम्रचना को मुद्दा लाई छोड्नाले त होइन अहिलेको बिकराल घेराबन्दी ?
एक एक कमरेड हरु अदालती पासोमा बेरिदै जानू , गुटबन्दी सम्रचना तयार हुनु ,क्रान्तिकारिहरु एकआपसमा फुटेर सिद्दिनु लगायतका धेरै मुद्दाहरु मा हामीलाई बिभाजन गर्न उनिहरु सफल भएकै हुन।
साथिहरु म धेरै लेख्न चाहान्न सटिकमा लेख्छु….. यी माथिका तमाम अप्टिकल भित्र माओबादी अल्झनु को पछिल्तिरको कारण राज्य पुनर्संरचना माओबादी कमजोरी नै हो। पुजिबादी ब्यवस्थाद्वारा निर्माणाधीन राज्यपुनर्सम्रचनाको फोर्टिफिकेसन भित्र को घेरामा पुगेर आज माओबाडी पुजिबादी कब्जामा परेको कुरा तपाइ हामिलाइ कसलाइ छ सोच्ने फुर्सद ?????
माओबादी केन्द्रमात्र होइन व्यापक अग्रगामी ,परिवर्तनकारी शक्ति हरुबिछ बिचारबिमर्स गरि अगामी कार्यदिसाको शक्तिशाली अस्त्र तयार पार्नु आजको आवस्यकता हो।








