वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा १८ बर्षिया किशाेरीमाथि छुरा प्रहार भएकाे छ । छुरा प्रहारबाट पर्साकाे पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे घर भएकी १८ बर्षिय प्रिया यादव गम्भीर घाइते भएकी छन्।
वीरगन्जको राधेमाईमा विक्रम तिमिल्सिनाकाे घरमा डेरा लिएर बस्दै आएकी यादवमाथि मंगलबार राति साढे ८ बजे अपरिचत व्याक्तिले छुरा प्रहार गरेका हुन् । छुरा प्रहार गरिएपछि यादवले चिच्याउँदै प्रतिवाद गरेपछि छुरा प्रहार गर्ने व्याक्ति फरार भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
छुरा प्रहार गर्ने व्याक्ति फरार रहेकाे र उनकाे खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यादवलाई कसले र किन छुरा प्रहार गरेकाे बारेमा खुल्न सकेकाे छैन। घाइते यादवलेपनि आँफुमाथि छुरा हान्ने व्याक्तिलाई आँफुले नचिनेकाे प्रहरीलाई बताएकी छन्।








