• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय परिचयपत्रले जी.प्र.का कास्कीमा ज्येष्ठ नागरिकलाई सास्ती,पञ्जीकरण विभागमा बिहान ५ बजेदेखि राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड


  •    अभियान हाम्रो डट कम / सोमबार, जेठ १४, २०८१  

  • जिल्ला प्रसाशन कार्यलय कास्कीको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा बिहानैदेखि राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिड लाग्ने गरेको छ ।

    सरकारले राष्ट्रिय परिचयपत्र दिन थालेको झण्डै ५ बर्ष  बितिसक्दा पनि अझै यसलाई सहज बनाउन नसक्दा वृद्ध अवस्थाका नागरिकहरु समेत पञ्जीकरण विभागमा विहानैदेखि लाईन बस्न बाध्य भएका छन् । सरकारले नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको, बायोमेट्रिक सुविधायुक्त बहु-उपयोगी राष्ट्रिय परिचय सबै खालको प्रशासनिक कामका लागि अनिवार्य गरेको छ।

    जिल्ला प्रसाशन कार्यलयमा नागरिकता बोकेर विदेश जाने प्रक्रियामा रहेका देखि सामाजिक सुरक्षा भत्ता लिने नागरिकहरु लाईनमा देखिन्छन् । सम्पुर्ण प्रशासनिक कामहरु १० बजेपछि खुल्ने भएपनि फारम भर्न समेत नपाएलाकी भन्ने त्रासले  सेवाग्राहीहरु विहानैदेखि लाईनमा बस्ने गरेका छ  । दैनिक रुपमा एक सय जनालाई मात्र टोकन मार्फत राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरेको छ । दिनहुँ धाएर टोकन पाएका सेवाग्राहीहरु समेत सिस्टमले काम नगरेको भन्ने कर्मचारीहरुको जवाफपछि निराश बन्ने गरेका छन् ।

    एउटै कामका लागि हप्तादिन नै कुर्नुपर्ने बाध्यता त छँदै छ परिचयपत्रको फारम भरिसके पनि पालो नआउदा परिचय पत्रका लागि सेवाग्राहीले डेढ–दुई महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । सेवाग्हराहीहरुले  सहज रुपमा परिचयपत्रको फारम भर्न पाउनुपर्ने बताउँछन् ।

    पासपोर्ट बनाउन मात्र होइन, क्याम्पसमा भर्ना हुन पनि राष्ट्रिय परिचय पत्र खोज्न थालेपछी हाल राष्ट्रिय परिचय पत्र बनाउनेको संख्या बढ्दै गएको छ । सहज रुपमा राष्ट्रिय परिचयपत्र बनाउन नसक्दा नगरिकले सास्ती खेप्ने परेका  छन् । जिल्ला प्रसाशन कार्यलय कास्कीको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण  विभागका अधिकारीहरु भने आवश्यकता आई परेपछि मात्रै परिपत्रपत्र बनाउन आएका कारण भीड बढेको जानकारी दिनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.