• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, पुष ०२, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

म्याग्दीखोला जलविद्युतको सुरुङ खन्ने काम सुरू


  •    संवाददाता/ बुधबार, माघ २६, २०७८  

  •   पश्चिम म्याग्दी मालिका गाउँपालिका ६ दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाको सुरु खन्ने काम थालिएको छ। नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विस्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाको प्रवर्धक कालिका हाइड्रोपावर प्रा.लि.का अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
    आयोजना स्थानीयवासी, म्याग्देली प्रवासी साथै गैरआवासीय नेपालीको संयुक्त लगानीमा निर्माण हुन लागेको उहाँले बताउनुभयो। आयोजनालाई अवको तीन वर्षभित्र सक्नेगरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो। कोरोना महामारीका कारण आयोजना निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो। आयोजना दुईवर्ष अघि शिलान्यास गरिएको थियो।
    आयोजनका साइट इन्जिनियर बालकुमार रोकाका अनुसार २५० मिटर खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध र पावर हाउस दुबैतर्फ सुरुङ निर्माण सुरु गरिने बताउनुभयो। मालिका गाउँपालिका–७ बिम र वडा नं ५ देविस्थान र धौलागिरि गाउँपालिका–७ को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ।
    सुरुङमार्ग हुँदै ल्याइने पानीलाई एक सय मिटर हेडबाट रातोढुङ्गामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ। ३० प्रतिशत संस्थापक र साधारण सेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानी हुनेछ। आयोजना निर्माणमा पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनाका प्रबन्ध निर्देशक इन्जिनियर हर्कमान घर्तिमगरले जानकारी दिनुभयो।
    सानिमा बैंक प्रमुख रही थप छ वटा बैंकहरुले यस आयोजानमा लगानी गरेका छन्। आयोजनाबाट उत्पादन हुने विद्युत बिमको सवस्टेशन मार्फत् केन्द्रिय प्रसारणमा जोडिनेछ। हिउँदको चार महिना प्रतियुनिट आठ रुपियाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपियाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदविक्री हुने सम्झौता भएको छ। आयोजनाको साइट कार्यालय, आवास गृहसहितका भौतिक संरचना तयार पारिएको छ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    ताजा अपडेट
    • माओबादको समाप्ति चाहान्छौ भने स्वयं तिमी समाप्ति को लागि तयार बन – s.p.regmi.
    • हल्ट प्राइज गण्डकी विश्वविद्यालयद्वारा ओरिएन्टेसन कार्यक्रम सम्पन्न
    • २५ जना नयाँ युवाको प्रवेशसँगै GenZ RedForce Nepal थप सशक्त
    • Gen Z Red Force Nepalद्वारा माघ १० गते शान्ति प्रदर्शन, शिक्षा सुधारका मुद्दा केन्द्रीत प्रेस–मिट सम्पन्न
    • जेन्जी पुस्ताका जायज मागलाई दबाउन खोजे YCL मौन बस्दैन : डम्बर पुलामी मगर (कर्म)

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.