बलात्कारका मुद्दामा रामेछापको खाँडादेवी गाउँपालिका–९ का २४ वर्षीय गौरव नेपाली रोमानियाबाट पक्राउ परेका छन् । एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा गिरफ्तार भएका आरोपितलाई सम्बन्धित मुद्दामा कारबाही गर्न जेठ ९ गते नेपाल फिर्ता ल्याएको जिल्ला प्रहरी कार्यालय डिएसपी प्रदीपकुमार साहले जानकारी दिनुभयो ।
बलात्कार मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट आग्रह भएपछि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट उनीविरूद्ध नोटिस जारी भएको थियो ।








