२५६८औँ बुद्ध जयन्ती अवसरमा विहीबार पोखरामा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
बुद्ध जयन्ती मूल समारोह समितीको आयोजनामा शान्ति पद यात्रा तथा सम्मान सहित विविध कार्यक्रम गरि बुद्ध धर्म प्रति आस्था राख्ने संघसंस्था, गुम्बा,विहारले सामुहिक रुपमा बुद्ध जयन्ती मनाईएका हुन् । नदीपुर तेर्सापट्टि स्थित धर्मशिला बुद्ध विहारबाट सुरु भएको शान्ति पद र्याली पालिखेचोक, चिप्लेढुंगा,सिद्धार्थचोक, बगाले टोल, सिमलचौर, सृजनाचोक, सभागृह चोक हुँदै सभागृहको समारोहमा परिणत भएको हो ।
यस बुद्ध धर्मको प्रचारप्रसार र सम्वर्धनमा योगदान पुर्याउनु हुने छिरिङ्ग सेटेनलाई तिब्बतीयन क्याम्प पृथ्वीचोक प्रमुख सेटेनलाई धर्म गुरु लामा रिन्पोर्छे रिन्चेन साङ्गपो र समिती अध्यक्ष क्या.चन्द्र बहादुर गुरुङले सम्मान गर्नु भएको थियो ।
सेटेनले लामो समयदेखि क्याम्पका विद्यार्थीलाई बुद्ध शिक्षाको ज्ञान बाड्दै आउनु भएका थिए । उक्त समारोहबाट यस अघि पनि २२ जना सम्मानित भईसकेको जनाएको छ ।








