१७ वर्षीया बालिका मृत फेला परेकी छन् । बालिकाको न्यायको लागि प्रदर्शन गर्दै आएकाहरुले जेठ ८ गते बागलुङ बजार बन्द गरेका थिए । बालिकालाई पती, सासु, नन्द र जेठा ससुराले जेठ १ गते हत्या गरेको हो भन्दै जेठ २ गतेबाट प्रदर्शन सुरु गरेका पीडित पक्षले ८ गते दिउँसो १२ बजेदेखि २ बजेसम्म बागलुङ बजार बन्द गराएका हुन् ।
पीडितलाई न्याय दिलाउन भन्दै कृष्ण भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । संघर्ष समितिको आह्वानमा बजार बन्द गराउँदै प्रदर्शनकारीहरुले नेपाल विद्युत प्राधिकरणको सवारी साधन तोडफोड गरेका छन् । त्यसैगरी खानेपानीको ढुवानी गर्ने सवारी साधन र केही निजी मोटरसाकइलमा समेत तोडफोड भएको छ ।
प्रक्रिया अनुसार घटनाको अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलले पीडित पक्षलाई पटक पटक निश्पक्ष अनुसन्धान गर्ने र न्यायको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि भिड जम्मा गर्ने र उत्तेजित नारा लगाउनु दु:खद् भएको बताउनु भयो ।
घटनाको सन्दर्भमा बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले हस्ताक्षर गरेको विज्ञप्तीमा उद्योगी व्यवसायीको कार्यक्षेत्र भित्र प्रवेश गरी व्यवसायी माथि हतियार प्रयोग गरेर कुटपिट गर्ने र पसलमा रहेको सामग्रीहरु तोडफोड गर्ने, अति आवश्यक सेवाहरु पिउनेपानी ढुवानीको गाडी माथि तोडफोड गर्ने, बैंक तथा वित्तिय संस्था बन्द गर्ने, औषधी पसल, छापाखाना जस्ता पसलहरु समेत बन्द गराएको घटना प्रति संघ घोर भर्त्सना गरेको उल्लेख गरेको छ ।
विज्ञप्तीमा आन्दोलनका नाममा अराजक गतिविध गर्ने समूहलाई तत्कालै नियन्त्रणमा लिई क्षतिपूर्ति उपलब्ध गराई आवश्यक कारबाहीका लागि प्रशासनसँग जोडदार माग विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।








