• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा २६ मा व्यूटिसियन तालिम सम्पन्न


  •    अजय क्षेत्री / बुधबार, जेठ ०९, २०८१  

  • पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ ।
    तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन आग्रह गरे । वडाध्यक्ष थापाले महिला दिदी बहिनीहरुकै माग अनुसार सौन्दर्य सम्वन्धी तालिम प्रदान गरिएको स्पष्ट पार्दै, तालिम पश्चात व्यवसाय संचालन गरे वडाले थप सहयोग गर्ने उल्लेख गरे ।

    अध्यक्ष थापाले लक्षित समूहको बजेटबाट महिलाहरुका लागि शिप उपयोगी तालिम प्रदान गरिएको उल्लेख गर्दै, सावुन बनाउने तालिम समापनको संघारमा रहेको बताए । अध्यक्ष थापाले क्षमता अभिबृद्धि र शिप विकासलाई सँगसँगै अगाडी बढाईएको उल्लेख गरे । विद्यार्थीहरुका लागि पढ्दै, कमाउँदै कार्यक्रम अन्र्तगत बाह्र कक्षामा अध्ययनरत ११ जना छात्राहरुलाई बालविकास सम्वन्धी तालिम दिएर प्रशिक्षार्थीका रुपमा विभिन्न विद्यालयमा पठाईएको बताए । आगामी बर्षको बजेटमा वडाले शिपविकास, कृषि, शिक्षा र स्वास्थ्यमा थप प्रभावकारी बनाउन विशेष बजेट विनयोजन गर्ने स्पष्ट पारे ।

    पोखरा महानगरपालिका वडा नं. २६ का वडा महिला सदस्य लक्ष्मी देवी भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, वडा सचिव लिलामणि भण्डारी, वडाका सूचना अधिकारी नवराज सापकोटा, कृषि सञ्जालका अध्यक्ष केशवराज ढुंगाना, प्रशिक्षक रुपकला श्रेष्ठ, प्रशिक्षार्थी दिब्या बराल र मुना सापकोटाले आफ्ना धारणा राखेका थिए । ४५ दिनसम्म संचालन भएको तालिममा विभिन्न महिला तथा आमा समूहका ४५ जनाको सहभागिता रहेको थियो । तालिम रुपकला व्यूटीपार्लर एण्ड ट्रेनिङ सेन्टरले व्यवस्थापन गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.