नेकपा एमाले परित्याग गरि अखिल जिल्ला सदस्य , युवा संघ अध्यक्ष ,सहित कार्यकर्ताहरु नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन।
पोखरा २४का युवा संघका अध्यक्ष ,अखिल जिल्ला सदस्य ,सहित ९जना विभिन्न तह र पदमा रहेका पदाधिकारी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङ्ग्रेस वडा कार्यसमिति २४ को एक कार्यक्रम बिच पार्टी प्रवेश भएको थियो। कार्यक्रम मा प्रदेश सभापति शुक्रराज शर्मा ने:वि संघ का केन्द्रिय सदस्य देखि विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो।
गण्डकी प्रदेश सभापति शर्मा ले पार्टी प्रवेश गराउनुभएको थियो ।कार्यक्रममा बोल्दै शर्माले देशमा प्रजातन्त्र को बिकल्प नभएको र प्रजातन्त्र बाटै देश र जनाताको हक अधिकार सुनिश्चित हुने उनले बताए। कार्यक्रममा वडा न:२४का पार्टी सभापति प्रताप बहादुर कार्की ले पार्टी प्रवेश गर्नु हुने सम्पूर्ण साथिहरुलाई योग्यता र कार्य क्षमताको आधारमा पदिय जिम्मेवारी दिने समेत प्रतिबद्धता जनाउनु भयो। सो कार्यक्रम को जानकारी नेपाल बिद्यार्थी सघं केन्द्रीय सदस्य तथा युवा नेता महादेव गिरीले जानकारी दिनु भयो।








