• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा १६ मा निर्मित पूल तथा सडकको मुख्यमन्त्री अधिकारीद्धारा उद्घाटन


  •    अभियान हाम्रो / आइतबार, जेठ ०६, २०८१  

  • पोखरा  जेठ

    पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारद्धारा सम्पन्न भएका सडक तथा पूलको उद्घाटन गरिएको छ । शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे र्‍याले सडकको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ समेत सहभागी हुनुभएको थियो ।
    पूर्वाधार विकास कार्यालय कास्कीका सि।डि।इ।शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा सुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका योजना हुन् ।

    भित्तेबजार सडक स्तरोन्नती काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले सम्पन्न गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम ३ करोड ८१ लाख रुपैयाँ भएपनि ३ करोड ७१ लाखमा करिब ७ सय मिटरसडक स्तरोन्नती सम्पन्न भएको हो । बाटोको कुल चौडाई ८ मिटर रहेको छ ।

    भूतेखोला मोटरवेल पूल निर्धारित समय भन्दा चार महिना अगाडि सम्पन्न भएको बताइएको छ । भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । ३ करोड २८ लाखमा सम्पन्न भएको पूल १४ मिटरको लम्बाइको रहेको छ ।

    घुरकुना दाद्रे ¥याले सडक ३ करोड ५८ सम्झौता भएपनि ३ करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले भएको प्रष्ट पारिएको छ । कुल ३ किमी सडक मध्ये ८ सय ४० मिटरमा कालोपत्रे तथा बाँकीमा ग्राबेल र नाला निर्माण गरिएको हो । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दुधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औल्याउनुभयो । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिदै अर्गानिक खेती, होमस्टे लगायतका कार्य मार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।

    ‘पूर्वाधार गाउँमा हुने तर मानिसहरु गाउँ छोडेर जाने भयो, यसलाई रोक्नुपर्छ’ उहाँले भन्नुभयो ।
    अर्मलामा बेला–बेलामा प्राकृतिक विपत्ति आएकोतर्फ संकेत गर्दै उहाँले प्रकृतिको दोहोन ठीक तरिकाले हुनुपर्नेमा जोड दिनुभयो । जनसंख्या वृद्धि भएपनि खोलाघरलाई कायमै राख्न उहाँको सुझाब छ । निकास मिचेर नभई निकास दिएर मात्र विकास गर्नुपर्ने उहाँले खुलाउनुभयो । दबाब आयो भन्दैमा जोखिम बढी भएको ठाउँमा घरहरु निर्माण गर्ने अनुमति नदिन प्राविधिकहरुलाई समेत निर्देशन दिनुभयो ।

    ‘प्रकृतिको आफ्नै नियम छ, जहाँ पनि घर बनाएको कारण समस्या आउने गरेको छ, जति जनसंख्या बढेपनि खोलाघरलाई कायमै राख्नुपर्छ, निकास मिच्ने होइन व्यवस्थित गर्ने हो’ उहाँले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले पोखरा १६ को विकासको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगकको लागि सदैव तयार रहेको बताउनुभयो ।
    पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य र स्थानीय लिलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा सहजीकरण श्यामलाल लामिछानेले गर्नुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.