• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

क्लबस्तरीय भलिबलः लिगचरणको ७ खेल सम्पन्न


  •    अभियान हाम्रो / बिहिबार, जेठ ०३, २०८१  

  • पोखरा

    पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।

    नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् ।

    बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित ग¥यो । जिभिपि युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको अन्नपूर्णले १ अङ्क जोड्यो । यस्तै दोस्रो खेलमा समुह ‘ए’मा रहेको फ्रेन्डस् युथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित ग¥यो । फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको मादीले १ अङ्क जोड्न सफल भयो ।

    तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ«े गुराँशसे भुमि घाचोकले शान्तिदेवि युथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित ग¥यो ।
    चौथो खेलमा समुह ‘बी’मा रहेको जिभिपि युके लण्डनले माछापुच्छ«े गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्यो । जिभिपिले माछापुच्छ«े–२ लाई २५–१४ र २५–१९ ले पराजित ग¥यो । लगातार २ खेल जितेको जिभिपि समूह‘बी’को ५ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।

    यस्तै पाँचौ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ«े गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । माछापुच्छ«े गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित ग¥यो । पहिलो खेलमा १ अङ्क जोडेको माछापुच्छ«ेले दोस्रो खेलमा ३ जोड्न सफल भयो । माछापुच्छ«्े गाउँपालिका भलिबल संघ ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ । यस्तै छैठौ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ । जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित ग¥यो । समूह ‘ए’ मा रहेको जनकल्याण ५ अङ्कसहित शिर्षस्थानमा रहेको छ ।

    यस्तै आज नै भएको सातौं खेलमा शान्तिदेवि युथ क्लब शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित ग¥यो । शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको माछापुच्छ«े गाउँपालिका–२ ले १ अङ्क जोड्यो ।यस्तै आज नै भएको आठौं खेल अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गुराँशसे भुमि घाचोकबीचको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ ।

    ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए । उनका अनुसार ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।

    नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.