• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, जेठ २०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

‘सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो’ ः खगराज अधिकारी


  •    अभियान हाम्रो / बिहिबार, जेठ ०३, २०८१  

  • पोखरा  जेठ

    नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सही स्थितिको सही विश्लेषण नै माक्सवाद भएको बताउनुभएको छ । बुधबार नेकपा एमाले कास्कीको आयोजनामा पोखरा १६ खोलाखेत स्थित मदन–आश्रित स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । पुँजीवादी जनवादी क्रान्ती शान्तिपूर्ण बाटोबाट हुन्छ भन्ने जननेता मदन भण्डारीको भनाईले त्यसलाई प्रष्ट पारेको उहाँले खुलाउनुभयो ।

    ‘भयो त्यस्तै भोट हालेर ४ जना राजावादी भए, अरु सबै गणतन्त्रवादी, मदन भण्डारी ज्योतिषी त होइन नी, तर सही स्थितिको सही विश्लेषण नै माक्सवाद हो, त्यो विश्लेषण गर्नुभयो’ अधिकारीले भन्नुभयो ।

    जनताको बहुदलीय जनवादले पुँजीवादी जनवादमा मात्र नभएर समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला गरेको भनाई उहाँको थियो ।

    ‘बहुदलीय जनवादले के भन्यो भने समाजवादी समाजमा पनि वर्गीय अस्तित्व रहन्छ, प्रतिष्पर्धा रहन्छ, पुँजीवादी जनवादमा मात्र हैन समाजवादमा पनि दलीय प्रतिष्पर्धालाई खुला ग¥यो, त्यहीँ बाटोमा आज हामी छौँ’ उहाँले भन्नुभयो ।

    सिपी मैनाली र झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी भएको र माधव नेपालले पनि दोस्रो पटक बहुमत देखेपछि भोट हालेको उहाँको दावी छ ।

    ‘सिपी मैनाली, झलनाथ खनाल जनताको बहुदलीय जनवादको विरोधी हुन्, माधव नेपालपनि बहुदलीय जनवादमा भोट नहालेका मानिस हुन्, दोस्रो पटक मात्र हाले बहुमत देखेपछि’ अधिकारीले थप्नुभयोे ।

    जननेता भण्डारीको निधनले नेपाली राजनीतिमा अपुरणीय क्षति पु¥याएको भन्दै भण्डारीको विचारलाई अनुसरण गर्दै उहाँले देखेको सपनालाई साकार पार्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय पुँजीको विकास बिना समाजवादमा जान नसकिने भएकोले राष्ट्रिय पुँजीको विकासमा ध्यान दिनुपर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले जोड दिनुभयो ।

    नेकपा एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दर्शन लामाले गर्नुभएको थियो ।

    एमाले कास्कीले जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको ३१ औँ स्मृति दिवसको अवसरमा बुधबार सरसफाइ, माल्यार्पण तथा जवजका विशेषताहरूको वाचन कार्यक्रम आयोजना गरेको हो । वडा पार्टी कमिटी पोखरा १६ को व्यवस्थापनमा भएको कार्यक्रममा नेकपा एमालेका नेता, जनप्रतिनिधि र शुभचिन्तकको सहभागीता रहेको थियो ।

    कास्कीको जिल्ला अधिवेशन उद्घाटन गरेर फर्कने क्रममा २०५० साल जेठ ३ गते दासढु्ंगामा भएको रहस्यमय जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । एमाले कास्कीले स्मृति दिवसको अवसरमा बिहीबार जिल्ला पार्टी कार्यालयमा नेपालको कम्युनिष्ट आन्दोलनमा मदन आश्रितको योगदान विषयक प्रवचन कार्यक्रमको आयोजना गर्ने अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.