• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा क्लबस्तरीय भलिबल प्रतियोगिता सुरु, जनकल्याणको विजयी सुरुवात


  •    अभियान हाम्रो / बिहिबार, जेठ ०३, २०८१  

  • पोखरा

    पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा आजदेखि प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्की स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले गरे । पोखरा महानगरपालिका ३ स्थित नदीपुर खेलमैदानमा भएको उद्घाटन खेलमा जनकल्याण पोखरा–११ ले विजयी सुरुवात गरेको छ ।

    जनकल्याण पोखरा–११ ले माछापुच्छ«े गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित गर्याे ।
    जनकल्याणले पहिलो सेट २५–१५ ले जिते पनि दोस्रो सेट १७–२५ ले गुमाएको थियो । तेस्रो तथा निर्णायक सेटमा सुरुवाती अङ्कमा पछाडी परेको जनकल्याणले उत्कृष्ट पूनरागमन गर्दै माछापुच्छ«ेलाई २६–२४ ले पराजित गर्याे र २ अंक जोड्यो । यता पराजित बनेको माछापुच्छ«ेले १ अङ्क प्राप्त गर्याे । कुल ९ टिमको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।

    उनका अनुसार ९ टिमलाई २ समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’तर्फ माछापुच्छ«े गाउँपालिका भलिबल संघ, जन कल्याण पोखरा–११, फ्रेन्स युथ क्लब, मादी–११ रहेका छन् । यस्तै समूह‘बी’तर्फ जिभिपि युके लण्डन, अन्नपूर्ण गाउँपालिका भलिबल संघ, माछापुच्छ«े गुराँसे भूमि घाचोक,शान्तिदेवि युथ क्लब शिशाघाट र माछापुच्छ«े गाउँपालिका–२ रहेको छ ।

    नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए । राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिकौंः उपसभापति गुरुङ प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राजनीतिकर्मीहरुले खेलाडीबाट अनुशासन सिक्नपर्ने बताए ।

    ‘हामी राजनीतिककर्मीहरु पछिल्लो समय अनुशासनविहिन बन्न थालेका छौं । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ, उपसभापति गुरुङले भने, ‘खेलकुदमा जसरी रेफ्रीले सिठ्ठी बजाएपछि त्यो सिठ्ठीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरु बेलगाम भएका छन् । बेलगाम भएका हामीहरुले खेलाडीबाट अनुशासन सिक्न जरुरी छ ।’

    उनले वर्तमान राजनीति अनुशासनविहिन भएकै कारण फरक शिराबाट अगाडि बढिरहेको दोहोर्याए । ‘अहिलेको नेपाली राजनीति अनुशासनमा रहेको छैन । खेलाडीबाट अनुशासन सिक्न पर्छ, उनले भने, ‘वर्तमान राजनीति विडम्बना ढङ्गबाट अगाडि बढेको छ । प्रजातन्त्र भनेको लुटतन्त्र, मनपरीतन्त्र जस्तो देखिएको छ, त्यसैले राजनीतिकर्मीहरुले अनुशासन सिक्न जरुरी छ ।’

    नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले संघको दशौं स्थापना दिवसको अवसरमा देशको विभिन्न जिल्लाहरुमा प्रतियोगिता आयोजना गरेर स्थापना दिवस मनाइरहेको बताए । कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा महानगरपालिका–२ का वडाध्यक्ष दिवशमान प्रधानाङ्ग र नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ यस प्रतियोगिताले भलिबल र खेलाडीहरुलाई चलायमान बनाउन सहयोग पुग्ने बताए ।

    कार्यक्रम नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीका अध्यक्ष नविन पुनको अध्यक्षता, कोषाध्यक्ष एवम् प्रतियोगिता संयोजक लामा अमृत गुरुङको स्वागत र सचिव प्रितम गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.