पोखरा
बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ । पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो ।
एलजीको जितमा आशिष गुरुङ नायक बने । एलजीका लागि३ गोल आशिषले नै गरे । पहिलो हाफको १७औ मिनेटमा गोलको खाता खोलेको उनले । दोस्रो हाफको २४ औ र ३९ औ मिनेटमा गोल गर्दे व्याक्तिगत ३गोल गरे । खेलको म्यान अफदि म्याच पनि आशिष नै भए । उपाधी जितेको एलजीले शिल्ड,मेडल तथा प्रमाणपत्र सहितनगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यसैगरि उपविजेता भ्यालीलाई शिल्ड,मेडल तथा प्रमाणपत्र सहितनगद ६६ हजार ६६ सय ६६ प्रदान गरेको खेल संयोजक नर जङ्ग गुरुङले जानकारी दिए ।
प्रतियोगिताबाट एलजी एशोसियसनका यमबहादुर श्रेष्ठ सर्वोकृष्ट खेलाडी घोषित भए । त्यसैगरि सोही क्लबकै आशिष गुरुङ उत्कृष्ट फरवार्ड र सर्वाधिक गोलकर्ता बने ।भ्यालीका गोलकिपर सृजन श्रेष्ठ उत्कृष्ट गोलकिपर,एलजीको कन्या गुरुङ उत्कृष्ट डिफेन्डर र एलजीकै प्रेम छन्तयाल उत्कृष्ट मिडफिल्डर चुनिएकाथिए । विजेता टोलीले प्रदेश स्तरीय फुटबलमा सिधै भाग लिन पाउने व्यवस्था छ । तर अहिले नै एन्फाले त्यसको निर्णय गरि नसकेको कास्कीजिल्ला फुटबल संघका अध्यक्षउज्वल्ल रंजितले बताए ।
वैशाख १९ गतेबाट संचालनभएको फुटबल प्रतियोगितामासंघमा आबद्ध २१ क्लबले भागलिएको थियो ।








