• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय माविको हीरक महोत्सवमा तेन्जन र कवितालाई उपाधि


  •    अभियान हाम्रो / आइतबार, बैशाख ३०, २०८१  

  • पोखरा, वैशाख

    तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र÷छात्रा सडक दौडको उपाधि हात पारेका छन् ।
    स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको विद्यालयले हीरक महोत्सव अन्र्तगत गठन गरिएको खेलकुद उपसमितिले शनिबार आयोजना गरेको दौडमा छोरेपाटन माविका तेन्जेनले सहभागि अन्य ६ सय १३ जनालाई पछि पादै निर्धारित दुरी १६ मिनेट ५७.६३ सेकेण्ड पुरा गदै उपाधि हात पार्दा छात्रातर्फ २२ मिनेट ३२.०१ सेकेण्डमा दौड पुरा गरेकी गौरीशंकर माविकी कविताले सहभागि अन्य दुई सय ५३ जनालाई पछि पादै उपाधि हात पार्न सफल भएकी हुन् ।

    प्रतियोगिता अन्र्तगत छात्रतर्फ १७ मिनेट १२.६३ सेकेण्डका दुरी पार गरेका छोरेपाटन माविका प्रकाश थिङ दोस्रो र १७ मिनेट ४७.९४ सेकेण्डमा दुरी पुरा गरेका अक्सफोर्ड स्कुलका इश्वर ढकाल तेस्रो भए । छात्रातर्फ २२ मिनेट ३५.०९ सेकेण्डमा दुरी पार गदै मेघराज आधारभुत माविकी एन्जिला जिटी दोस्रो र २२ मिनेट ४६.०५ सेकेण्डमा दौड पुरा गरेकी छोरेपाटन माविकी साधना सेवा तेस्रो भईन । छात्र÷छात्रा प्रथम, दोस्रो र तेस्रो हुनेहरुले क्रमश सात, पाँच र तीन हजार नगद सगै पदक र प्रमाण पत्र पुरस्कार पाए ।

    विभिन्न ४४ विद्यालयका ६ सय १४ छात्र र दुई सय ५४ छात्रा गरी कुल आठ सय ६८ जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङ, पोखरा महानगरपालिका वडा नं १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक इश्वरी सापकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

    विद्यालयको गेटबाट सुरु भएको दौड हरिचोक – विन्ध्यवासिनी मन्दिर – बागलुङ बसपार्क – भिमसेन मन्दिर चोक – कोपिलढुङ्गा चोक – ज्ञानभूमि स्कूल चोक – बाल मन्दिर स्कुल चोक – पि.एन. क्याम्पस चोक – भीमकालीपाटन चोक – वडा कार्यालय पोखरा १ – लामपाटन मार्ग – सिम्पानी चोक – हरिचोक हुदै टँुडिखेलमा आएर सम्पन्न भएको थियो । खेलकुद अन्र्तगत दौड पछि विद्यालयले परम्परागत छेलो (ठेलो) प्रतियोगिता (छात्र÷छात्रा) सगै जिल्ला स्तरीय भलिबल प्रतियोगिता (छात्र÷छात्रा) समेत आयोजना गर्ने तयारि गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.