• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

६० भन्दा बढी महिलाहरूको पाठेघरसम्बन्धी निशुल्क भिआइए शिविर सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, माघ २५, २०७८  

  • अरुण नदि खत्री

    पाठेघरसम्बन्धी निशुल्क भिआइए शिविर सम्पन्न २०७८ माघ २३ गत्ते । काठमाडौं स्थित तारकेश्वर नगरपालिकाको जरंखुमा महिलाको पाठेघरसम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दीपक फाउन्डेसन नेपाल र ढुंगाना फार्मेसीको सयुक्त आयोजनामा सम्पन्न शिविरमा ६० भन्दा बढी महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियोे । जसमध्ये अधिकांश बिरामी कुनै न कुनै रूपमा पाठेघरको समस्याबाट पीडित रहेको पाठेघरसम्बन्धी भिआइए नर्स पुष्पा कर्माचार्यले बताउनुभयो ।

    शिविरमा १८ देखि ६० वर्षका महिलाहरूले सेवा लिएको दीपक फाउन्डेसनका सदस्य सचिव दीपक भेटुवाल (दीपसागर) ले बताए । शिविरमा केही बिरामीलाई औषधीसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा विभिन्न अस्पतालहरूमा कार्यरत स्वास्थ्य कर्मीहरूले बिरामीहरूको स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा स्वास्थ्य स्वयंसेवी शकुन्तला देवकोटा, निर्मला सापकोटा ढुंगाना, देवकी ढकाल, सीता जमरकट्टेल लगायतले सहयोग गरेका थिए ।

    दीपक फाउन्डेसनका अध्यक्ष समाजसेवी सरस्वती काफ्लेको अध्यक्षतामा भएको शिविरमा तारकेश्वर चेम्बरका अध्यक्ष रामप्रसाद महर्जन, तारकेश्वर वडा नम्बर ८ का वडा सदस्य मोहन खत्री,समाजसेवी लक्ष्मी काफ्ले, ढुंगाना फार्मेसीका संचालक डाक्टर सागर ढुंगाना, भिआइए नर्स पुष्पा कर्माचार्य लगायतका वक्ताहरूले निशुल्क रुपमा आयोजना गरिएको शिविरबाट लाभ लिन र आफ्नो
    स्वास्थ्यलाई सुरक्षित राख्न आग्रह गरेका थिए । दीपक फाउन्डेसन नेपालकी अध्यक्ष एवं कार्यक्रम संयोजक सरस्वती काफ्लेले विश्वका महिलाहरुलाई सताउने ठूलो समस्या पाठेघरको क्यान्सर भएकोर पाठेघरको क्यान्सरका कारण हरेक वर्ष थुप्रै महिलाले अकालमा ज्यान गुमाउँदै आइरहेकोबताउनुभयो ।

    यस्तै ढुंगाना फार्मेसीका संचालक डाक्टर सागर ढुंगानाले महिलाहरूको स्वास्थ्यलाई विशेष ध्यान दिएर जरंखुमा भिआइए परिक्षण प्रारम्भ गरिएको बताउनुभयो । शिविरमा परिक्षण गराउन आएका कतिपय महिलाहरू समय अभावका कारण फर्किएका थिए । निकट भविस्यमा अर्को शिविर आयोजना गरेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै जाने आयोजकले बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.