• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, कार्तिक २९, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

६० भन्दा बढी महिलाहरूको पाठेघरसम्बन्धी निशुल्क भिआइए शिविर सम्पन्न


  •    संवाददाता/ मङ्गलबार, माघ २५, २०७८  

  • अरुण नदि खत्री

    पाठेघरसम्बन्धी निशुल्क भिआइए शिविर सम्पन्न २०७८ माघ २३ गत्ते । काठमाडौं स्थित तारकेश्वर नगरपालिकाको जरंखुमा महिलाको पाठेघरसम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । दीपक फाउन्डेसन नेपाल र ढुंगाना फार्मेसीको सयुक्त आयोजनामा सम्पन्न शिविरमा ६० भन्दा बढी महिलाहरूको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियोे । जसमध्ये अधिकांश बिरामी कुनै न कुनै रूपमा पाठेघरको समस्याबाट पीडित रहेको पाठेघरसम्बन्धी भिआइए नर्स पुष्पा कर्माचार्यले बताउनुभयो ।

    शिविरमा १८ देखि ६० वर्षका महिलाहरूले सेवा लिएको दीपक फाउन्डेसनका सदस्य सचिव दीपक भेटुवाल (दीपसागर) ले बताए । शिविरमा केही बिरामीलाई औषधीसमेत निशुल्क वितरण गरिएको थियो । शिविरमा विभिन्न अस्पतालहरूमा कार्यरत स्वास्थ्य कर्मीहरूले बिरामीहरूको स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा स्वास्थ्य स्वयंसेवी शकुन्तला देवकोटा, निर्मला सापकोटा ढुंगाना, देवकी ढकाल, सीता जमरकट्टेल लगायतले सहयोग गरेका थिए ।

    दीपक फाउन्डेसनका अध्यक्ष समाजसेवी सरस्वती काफ्लेको अध्यक्षतामा भएको शिविरमा तारकेश्वर चेम्बरका अध्यक्ष रामप्रसाद महर्जन, तारकेश्वर वडा नम्बर ८ का वडा सदस्य मोहन खत्री,समाजसेवी लक्ष्मी काफ्ले, ढुंगाना फार्मेसीका संचालक डाक्टर सागर ढुंगाना, भिआइए नर्स पुष्पा कर्माचार्य लगायतका वक्ताहरूले निशुल्क रुपमा आयोजना गरिएको शिविरबाट लाभ लिन र आफ्नो
    स्वास्थ्यलाई सुरक्षित राख्न आग्रह गरेका थिए । दीपक फाउन्डेसन नेपालकी अध्यक्ष एवं कार्यक्रम संयोजक सरस्वती काफ्लेले विश्वका महिलाहरुलाई सताउने ठूलो समस्या पाठेघरको क्यान्सर भएकोर पाठेघरको क्यान्सरका कारण हरेक वर्ष थुप्रै महिलाले अकालमा ज्यान गुमाउँदै आइरहेकोबताउनुभयो ।

    यस्तै ढुंगाना फार्मेसीका संचालक डाक्टर सागर ढुंगानाले महिलाहरूको स्वास्थ्यलाई विशेष ध्यान दिएर जरंखुमा भिआइए परिक्षण प्रारम्भ गरिएको बताउनुभयो । शिविरमा परिक्षण गराउन आएका कतिपय महिलाहरू समय अभावका कारण फर्किएका थिए । निकट भविस्यमा अर्को शिविर आयोजना गरेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै जाने आयोजकले बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    ताजा अपडेट
    • मेजर लक्ष्मी प्रसाद, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार अक्षकोष स्थापना
    • बाला चतुर्दशीमा महाप्रभुधाम महोत्सव हुँदै
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.