हाम्रो चौथौ बिएनको एसल्टहरुको मेडिकल बिभागमा लक्ष्मण र म थिए भने त्यो एसल्टमा पिएल भिसी पर्बत पनि।फर्मेशनको क्रमांगन हिडाइमा पर्बत म भन्दा परेको थियो।हामी एकअर्कामा चिनजान रहेपनी नजिकबाट सहकार्य भने थिएन। ईन्ट बिभागले बाटो क्लियर नगर्दा सम्मबोट,झाडी,बगर,खोल्साखोल्सिहरुमा छिपेर बस्नु पर्थ्यो। त्यो बेला पर्बत कहिले छेउको थाकाल टिपेर ल्याउनु हुन्थ्यो त कहिले कमला बगरको बालुवामा कुवा खनाइ टुमलेटमा पानी भरेर हामिलाइ खुवाउनुहुन्थ्यो। फर्मेशनमा हामी संगै भएकोले प्रत्यक बसाइ र हिडाइ पनि संगैनै हुन्थ्यो।त्यसैले पहिलो पटक क.पर्बत नजिकबाट मेरो नजरको ब्याख्यामा परेको ब्यक्ती थियो।
एक सुन्दर युवक मिलेको शरिरमा बिद्रोही स्वबाबको सैन्य पोशाकमा बुलेट र ग्रीनेट पर्सको सजावटमा इन्सास राइफलको भिराइ एक बिजयको दौडमा निस्केको घोडाको टापको चाल झै चालेको उसको पाइलाको चाल लाग्छ हिन्दी बोर्डर फिल्मको हिरो सन्नी देवल,एल ओसि कार्गिलका नायक सुनिल सेथ्ठि ,आमा उपन्यासका क्रान्तिकारी नायक पात्रो पावेल भन्दा कम थिएन।युद्द समय र स्थान जति नजिकिदै थियो म पर्बतको बास्तबिकताको त्यतिकै नजिक पुग्दै थिए र उ पनि खुल्ला रुपमा आफ्नो भाबनाहरु बताउदै थियो मानौ हामी धेरै समय देखि यसरिनै कुरा गरिरहने पात्रोहरु झै।सिन्धुपाल्चोकको ग्रामिण पाखाबारिमा कमाई,उब्जाइ गरिखाइआइरहेको छ महिनाको छोरी,एक छोरो सहित श्रीमतीलाई भर्खरै भेट गरि लडाइमा सामेल हुन आउनुभएको थियो।
आफू लडाइँमा लाग्नुको कारण र परिवारको बारेमा कुरा गर्दै गर्दा उ अलि भावुक भएको महसुस मलाई लाग्न थाल्यो।म उसलाई भाबमा नबहकियोस भन्ने चाहन्थ्यो र आफ्नो भावना पोख्न पनि असहज नहोस भन्ने चाहन्थे त्यसैले मैले पनि उसलाई भने तपाईं अनेक योद्धाहरु मद्य्य एक योद्धा हो घर,परिवार,ब्यक्तिगत स्वार्थ त्यागी देश र दुनियाँको लागि लाग्नुभएको छ्स सायद मेरो ठाँउबाट भएको भए यो सम्भब हुन्नथियो कि?त्यसैले तपाईं यो क्रान्ती युगको महान पुरुष हुन र तपाइको श्रीमती पनि।होला ..तर पार्टी फुट्ने,सिद्दिने नभैदिए हुन्थ्यो।यदि आजको लडाइँमा हामी मद्य्य कोहि सहिद हुन्छ भने हुनु अघि नेतृत्व मिलेको हेर्न पाइयोस यति चाहना हो।उसको यो भाबले म निसब्द भए उसको हातको टुमलेटको पानी लिदै पिए …अनि पर पर सम्म रहेको कमलाका बगरलाई हेरे अनि उसलाई त्यो भाब बाहिरा ल्याउन पानी पिउन आग्रह गरे उसले स्विकारे।उनको त्यो निस्वार्थ भाबनालाई सम्मान गर्दै मैले पनि कामाना गरे आफ्नो सन्तान श्रीमती भन्दा माथी पार्टी राखेर माया गर्ने यी महान योद्धाको भावना माथी नेतृत्व र समयले खेलवाड कदापी नगरियोस।
लडाइँको समय नजिकिदै थियो,बृफिङ अनुसार एसल्टहरु आर्कतर्फ लाग्यो हाम्रो मेडिकल तोकिएको पोस्टमा रह्यो र क. पर्बत पनि छुटिएर आफ्नो आर्कमा जानुभो।बन्दिपुरलाई केन्द्रित गरेर धारापानी,मिर्चैयालाई ब्लकमा पारियो ताकी कुनै हालतमा दुशमन बन्दिपुर तर्फ नआओस।देशकै ब्यस्त राजमार्ग बिस्तारै ठप्प भयो,बिजुली झ्याप्प निभ्यो,धर्तिमा अन्धाकार छायो ,पहिलो फायर खुल्यो भीषण लडाइँको सुरुवात भयो।युद्धले घन्टाै पार गर्यो।
भारतको नजिक,तराइको भुगोल,देशकै हाइवएमा भएको पहिलो मोर्चाबन्दी भएकाले आंशिक राजनैतिक उपलब्दी बाहेक भौतिक क्षेती र सामारिक हार बोकि हामी फर्कियौ सायद त्यो बेलाको कुनैपनी सैन्यकार्बाही देशै भरी सफल हुन सकिएन ताकि नेतृत्वमा भएको समस्याको तलसम्म परेको मनोबैज्ञानिक असर थियो।एक एक गरि सहिदहरुको नाम आउन थाल्यो दिनेश,राम्जी…..हुँदै पर्बत पनि।उस्तै थियो साल,थाकल,कमलाको बगर अनि घाम,ताप,राप पनि उस्तै तर पर्बत थिएन।मेरो नजरको ब्याख्यामा खुलेको पर्बत साच्चै अदम्य शाहस,त्याग बोकेका एक पर्बतनै थियो जसको शाहासको उचाइबाट उ त्यो सिमापारि चिनको गणतन्त्र देखिन्थ्यो,सागारपारिको जर्मन,रुस देखिन्थ्यो तर सहिद हुनु अघि आफ्नै नेतृत्व मिलेको देख्न चाहने पर्बत देख्नै नपाई सदाको लागि अस्ताउन पुग्यो।
आज दशकौ पछि उसलाई फेरि उसैगरी सम्झिरहदा धुजा,धुजा गरि टुक्रिएको पार्टी नेतृत्व देख्दा लाग्छ यतिका प्रतिक्रान्तिकारी हुनुभन्दा चिनमा झै एक महान प्रतिक्रान्तिकारी उदारबादी पुजीवादको प्रबर्तक देङ स्याओ पिङ जन्मे झै एकै जन्मेनी हुन्थ्यो जहाँ क्रान्तिलाई सार्थकता बनाउन प्रतिक्रान्तिले पनि क्रान्तीनै गरे झै अनि त्यहाँ हजारौ पर्बतका सन्तानहरुले आफ्नो बुबाको मृत्युको उदेश्य खोज्दै जादा देख्न पाओसाअफ्नो बुबाको बलिदानले निर्मान भएको कमन्युस्तको गर्भिलो ईतिहास र नयाँ नेपाल।।









