गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको पाएको घोषणा गरिएको छ । सभामुख कृष्ण धितालले ३० मतलाई नै बहुमत घोषणा गरिदिएका हुन् ।
प्रदेशसभामा ६० सांसद छन् । यसका लागि बहुमत पुग्न ३१ सिट चाहिने भएपनि उनले ३० मतलाई नै बहुमत घोषणा गरिदिएपछि कांग्रेसले बैठकमै नाराबाजी गर्दै सभामुखलाई कालोझण्डा देखाएको छ ।
एमालेका २२, माओवादीका ७ र एकजना स्वतन्त्र सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका हुन् । यस्तै विपक्षमा कांग्रेसका २७ जनाले मतदान गरे भने राप्रपाका २ सांसद तटस्थ बसेका थिए ।








