म हिम्मत हारेर होइन यसरी
भौतारिएको यात्री जस्तो देखिएको,
म हिम्मत हारेर होइन यसरी
ओइलाएको साग जस्तो देखिएको,
म चाहान्छु मैले हिडेका उत्पिडनका डोबहरु
नया पुस्ता अघि बड्ने फराकिलो चारलेनको मुक्ति मार्ग बनोस।
म कसैले था नपाउने गरि सुटुक्क पाइला अघि बडाउदै छु।
बिशाल मुक्ति मार्गका डोबहरु निसानी छोड्दै अघि बड्दैछु….
किन था छ ?
म चाहान्छु मैले चालेका उत्पिडनका डोबहरु
नया पुस्ता अघि बड्ने फराकिलो चारलेनको मुक्ति मार्ग बनोस








