• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

समाजवादी निकट एकीकृत ट्रेड युनियनले १३५ औ अन्तर्राष्ट्रिय मनायो मजदुर दिवस


  •    अभियान हाम्रो / बिहिबार, बैशाख २०, २०८१  

  • पोखरा, वैशाख
    एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश कमिटीले १३५ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा र्‍याली सहितको कार्यक्रम गरेको छ । मजदुरहरूका हक हित र नारा अङ्कित प्ले कार्ड र ब्यानर सहितको र्‍याली सृजनाचोकबाट सुरु भई पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।
    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज तुलबहादुर गुरुङले व्यवस्था परिवर्तन भए पनि गरिब मजदुर तथा शोषित पीडित जनताको अवस्थामा उल्लेख्य परिवर्तन हुन नसक्नु चिन्ताको विषय भएको बताए । अब पनि राजनीतिक दलहरू र तिनका नेताहरूले दलाल नोकर शाही प्रवृत्तिको पक्षपोषण गरेर आधारभूत जनताको हितमा काम नगरे निर्णायक सङ्घर्ष गर्ने अवस्था आउन सक्न सक्ने गुरुङले बताए ।
    एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले श्रमलाई सम्मान गर्दै हरेकलाई रोजगारी र उचित सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने बताए । पोखरा महानगरपालिकाका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य धनराज आचार्यले मजदुरमैत्री कानुनको निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै पोखरा महानगर भित्र छिट्टै योगदानमा आधारित सामाजिक सुरक्षा नीति लागु गरिने बताए ।
    कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रेम नारायण पौडेल, जिल्ला अध्यक्ष खड्ग हमाल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी, पेसागत महासङ्घ गण्डकीका अध्यक्ष गुमान बहादुर थापा, मजदुर नेता मुक्ति गुरुङ लगायतले मजदुरहरूको हकहितका सम्बन्धमा धारणा राखेका थिए ।
    एकीकृत ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तिलबहादुर विश्वकर्मा ‘तिलक’ को अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन महासङ्घ नेता हरि राम धितालले गरेका थिए । कार्यक्रममा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ समाजवादीका कलाकारहरूले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.