• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, जेठ १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महेन्द्र मा.वि.मा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना


  •    अभियान हाम्रो / मङ्गलबार, बैशाख १८, २०८१  

  • पोखरा, वैशाख

    पोखरा महानगरपालिका वडा नं २० स्थित महेन्द्र माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको रुद्रमधु गोविन्द अक्षयकोष स्थापना गरिएको छ । विद्यालयका पूर्व शिक्षक समाजसेवी स्व.गोविन्दप्रसाद पौडेल र उहाँका बुबाआमा स्व.रुद्रनाथ पाध्या र स्व.मधुमायाको स्मृतिमा परिवारजनका तर्फबाट विद्यालयको ६४ औं वार्षिकोत्सवका अवसरमा अक्षयकोष स्थापना गरिएको हो ।

    गरिब तथा जेहेन्दार विद्यार्थीलाई अक्षयकोष रकमको ब्याजबाट प्रोत्साहन छात्रबृत्ति प्रदान गरी विद्यालयले सञ्चालन गर्ने उक्त अक्षय कोषको संरक्षक बेदकुमारी पौडेल रहनुभएको छ भने संस्थापकद्वयमा महेश पौडेल र सुजनबाबु पौडेल रहनुभएको छ । बुबा गोविन्दप्रसाद पौडेलले ३५ वर्ष महेन्द्र मा.वि.मा अध्यापन गराउनुभएको र आँफूहरू चारजना दाजुभाइ दिदीबहिनी समेतले यसै विद्यालयमा अध्ययन गरेको बताउँदै अक्षयकोषका संस्थापक महेश पौडेलले बुबासँगै हजुरबुबा र हजुरआमा समेतको स्मृतिमा अक्षयकोष राखिएको जानकारी दिनुभयो ।

    स्व.पौडेल शिक्षण पेशाबाट अवकाश पछि पनि सो विद्यालयको ब्यवस्थापन समितिको सदस्य, भवन निर्माणको समितिको संयोजक लगायतका जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।
    व्रह्माण समाज नेपालको पूर्व केन्द्रीय सदस्य, विश्व हिन्दु परिषद् कास्कीको पूर्व सल्लाहकार, फामर्स फोरा कास्कीको संस्थापक अध्यक्ष, पौडेल आत्रेय समाज भलामको उपाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठनलगायत विभिन्न सामाजिक संस्थामा रही सामाजिक सेवाका क्षेत्रमा पौडेल कृयाशिल हुनुहुन्थ्यो । २००८ साल वैशाख १७ गते जन्मनुभएका स्व.पौडेलको आज ७४ औं जन्मजयन्ती हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.